२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

१५ हजार मतान्तरले चुनाव जित्छुः मन्त्री पौडेल



अ+ अ-

ढोरपाटन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आफूले यसपटकको निर्वाचन १५ हजार मतान्तरले जित्ने दाबी गर्नुभएको छ ।

आज बागलुङको ताराखोलामा आयोजित चुनावी अभियानलाई सम्बोधन गर्दै मन्त्री पौडेलले अहिलेको लडाइ प्रतिगमनकारीविरुद्ध भएकाले सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

प्रतिगमनकारीहरु लोकतन्त्रलाई समाप्त पार्न खोजेको आरोप लगाउँदै उहाँले उनीहरु संविधान विरोधी भएको समेत बताउनुभयो ।

बागलुङ क्षेत्र नम्बर २ बाट पाँचदलीय गठबन्धनका साझा उम्मेदवारसमेत रहनुभएका मन्त्री पौडेलले भन्नुभयो, “पाँच दल एकै ठाउँमा नआएको भए प्रतिगामीहरुले मुलुकलाई अँध्यारो सुरुङभित्र हालिसक्थे ।”

पाँचदलीय गठबन्धन चुनावका लागि मात्र नभइ लोकतन्त्र र संविधान रक्षाका लागि बनेको हो उहाँको भनाइ छ । अघिल्लो कार्यकालमा सुरु गरेका योजना पूरा गर्न र यस क्षेत्रको मुहार फेर्नका लागि आफू फेरि एकपटक चुनावमा होमिनुपरेको मन्त्री पौडेलले जिकिर गर्नुभयो ।