२७ भाद्र २०८३, शनिबार
,
Latest
बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप खेल्ने ब्राजिलको टोली घोषणा



अ+ अ-

एजेन्सी । सर्वाधिक पाँच पटकको च्याम्पियन ब्राजिलले फिफा विश्वकप २०२२ कतारका लागि २६ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको छ ।

ब्राजिलका प्रशिक्षक टिटेले अन्तिम टोली सार्वजनिक गरेका हुन् । ब्राजिलले गोलरक्षकमा एडरसन मोराएस, एलिसन बेकर र वेभर्टनलाई समेटेको छ । यस्तै, डिफेन्समा अनुभवी थियागो सिल्भा र ड्यानी आल्भेससँगै मार्किन्हस, ड्यानीलो, एडर मिलिसाओ, एलेक्स टेलेस, एलेक्स सान्ड्रो र ब्रेमर रहेका छन् ।

यसैगरी, मिडफिल्डमा क्यासेमिरो र फाबिन्होसँगै लुकास पाक्वेटा, फ्रेड, ब्रुनो गुइमराएस र एभर्टन रिबिएरो रहेका छन् भने आक्रमणमा नेयमार, रिचार्लीसन, भिनीसियस जुनियर, एन्टोनि, राफिन्हा, रोड्रीगो, पेड्रो, ग्याब्रिएल जेसस र ग्याब्रिएल मार्टिनेली रहेका छन् । यता, लिभरपुलका रोबर्टो फिर्मिनोले भने टोलीमा स्थान बनाउन सकेनन् ।

फिफा विश्वकप २०२२ मा ब्राजिल समूह जी मा रहेको छ । ब्राजिलको समूहमा सर्बिया, स्विटजरल्यान्ड र क्यामरुन रहेका छन् । ब्राजिलले मङ्सिर ८ गते मध्यराती १२ः४५ बजे सर्बियाविरुद्ध खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।