२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप खेल्ने ब्राजिलको टोली घोषणा



अ+ अ-

एजेन्सी । सर्वाधिक पाँच पटकको च्याम्पियन ब्राजिलले फिफा विश्वकप २०२२ कतारका लागि २६ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको छ ।

ब्राजिलका प्रशिक्षक टिटेले अन्तिम टोली सार्वजनिक गरेका हुन् । ब्राजिलले गोलरक्षकमा एडरसन मोराएस, एलिसन बेकर र वेभर्टनलाई समेटेको छ । यस्तै, डिफेन्समा अनुभवी थियागो सिल्भा र ड्यानी आल्भेससँगै मार्किन्हस, ड्यानीलो, एडर मिलिसाओ, एलेक्स टेलेस, एलेक्स सान्ड्रो र ब्रेमर रहेका छन् ।

यसैगरी, मिडफिल्डमा क्यासेमिरो र फाबिन्होसँगै लुकास पाक्वेटा, फ्रेड, ब्रुनो गुइमराएस र एभर्टन रिबिएरो रहेका छन् भने आक्रमणमा नेयमार, रिचार्लीसन, भिनीसियस जुनियर, एन्टोनि, राफिन्हा, रोड्रीगो, पेड्रो, ग्याब्रिएल जेसस र ग्याब्रिएल मार्टिनेली रहेका छन् । यता, लिभरपुलका रोबर्टो फिर्मिनोले भने टोलीमा स्थान बनाउन सकेनन् ।

फिफा विश्वकप २०२२ मा ब्राजिल समूह जी मा रहेको छ । ब्राजिलको समूहमा सर्बिया, स्विटजरल्यान्ड र क्यामरुन रहेका छन् । ब्राजिलले मङ्सिर ८ गते मध्यराती १२ः४५ बजे सर्बियाविरुद्ध खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।