• १६ जेष्ठ २०८१, बुधबार
  •      Wed May 29 2024
  •   Unicode
Logo

च्याम्पियन्स लिगको अन्तिम १६ मा कसको प्रतिद्वन्द्वी को ?



काठमाडौँ । यूईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गतको अन्तिम १६ को ‘ड्र’ सार्वजनिक भएको छ । केही बेरअघि सम्पन्न ‘ड्र’ मा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जर्मन क्लब बार्यन म्युनिखसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

त्यस्तै, इंग्लिस क्लब लिभरपुलले स्पेनिस क्लब रियल मड्रिड प्रतिद्वन्द्वी पाएको छ । यसैगरी, इटालियन क्लब एसी मिलानले इंग्लिस क्लब टोटनहम तथा जर्मन क्लब आरबी आइपजिगले इंग्लिस क्लब म्यान्चेस्टर सिटीसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

नकआउट चरणका खेलहरु होम एण्ड अवेको संरचनामा खेलाइनेछ । नकआउट चरणको पहिलो चरणका खेलहरु फेब्रुअरी १४ र १५ तथा २१ र २२ हुनेछ । त्यस्तै, दोस्रो चरणका खेलहरु मार्च ७ र ८, तथा १४ र १५ मार्चमा हुनेछ ।