२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुकुम्वासीको हित गर्ने पार्टी भन्दै दाङमा ३४ जना एमालेमा प्रवेश



अ+ अ-

दाङ । नेकपा (एमाले)को सरकारले आर्थिक समृद्धि हासिल गर्नुका साथै विपन्न, सुकुम्बासीहरूको हितमा काम गर्ने विश्वास व्यक्त गर्दै घोराही–१४ जनमैत्री टोलका ३४ जना एमालेमा प्रवेश गरेका छन् ।

सुकुम्बासी बस्तीका रूपमा चिनिएको उक्त टोलले सोमबार आफ्नै टोलमा भव्य कार्यक्रमको आयोजना गरी नेकपा (एमाले)का महासचिव तथा दाङ क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार शंकर पोख्रेललाई स्वागत गर्नुका साथै पार्टी प्रवेश गरे ।

विगतमा अन्य पार्टीहरुमा भोट हालेको भए पनि आफूहरूको पहिलो समस्या जग्गाधनी लालपूर्जा पाउनु रहेको बताउँदै स्थानीय बासिन्दाले एमालेको सरकारले लालपूर्जा वितरण गर्न गठन गरेको सुकुम्बासी आयोग अहिलेको सरकारले विघठन गरी लालपूर्जा वितरण कार्य नगरेको, चरम महंगी हुँदा समेत सरकार मौन बसेको भन्दै उनीहरू एमाले प्रवेश गरेका हुन् ।

सो अवसरमा एमालेका महासचिव शंकर पोख्रेलले अबको निर्वाचनबाट एमालेको नेतृत्वमा सरकार बन्ने र एमाले सरकार बनेको दुईवर्षभित्र सबै सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरण गरिने बताए ।

नेपालका सुकुम्बासी एवं जग्गा नहुनेहरूका लागि जग्गाको व्यवस्थापन गर्दै पूर्जा वितरण गर्नका लागि एमाले सरकारले सुकुम्बासी आयोग गठन गरेको, त्यसले धेरै काम सम्पन्न गरिसकेको अवस्थामा गठबन्धनको सरकारले आयोग विघठन गरेर सुकम्बासीहरूको समस्यालाई बेवास्ता गरेको वताउनुभयो ।
यस विषयमा एमाले सरकारले विगतमा धेरै काम गरिसकेकाले अब पूर्जा वितरण गर्न एमाले सरकार बनेपछि समस्या नहुने पोख्रेलको भनाइ थियो ।

एमाले प्रवेश गर्नेहरूमा ताराप्रसाद बस्नेत, दिलबहादुर चलाउने, टीकाराम बस्नेत, खिमबहादुर नेपाली, गणेश वली, कमल वली, दीपक वली, दीपा वली, अनिता वली, दिया वली, कल्पना खड्का, जयकुमारी खड्का, मनराज खड्का, मोहन बिक, कमला बस्नेत, रुपधन बस्नेत, चुरण बस्नेत, सपना बस्नेत, कलम वली, स्मृति बस्नेत, शोभाराम नेपाली, हरिकला बस्नेत, पवित्रा चलाउने, प्रेमबहादुर बस्नेत, गौरी बस्नेत, केशरी बस्नेत, तिलसरी बुढा, कुम्भ बुढा, ओमप्रकाश बस्नेत, विवेक बुढा, चन्द्रबहादुर बस्नेत र शारदा बस्नेत छन् ।