३ आश्विन २०८१, बिहीबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

वामदेवको नेकपा राष्ट्रिय एकता अभियानको समर्थन विष्णु पौडेललाई



अ+ अ-

रुपन्देही । नेकपा राष्ट्रिय एकता अभियानले रुपन्देही क्षेत्र नम्बर–२ मा एमाले उम्मेदवार विष्णु पौडेललाई समर्थन गर्ने भएको छ ।

एमाले उपाध्यक्ष पौडेललाई आगामी मंसिर ४ को निर्वाचनमा मतदान गर्न एकता अभियानले आह्वान गरेको छ ।

पौडेल एमाले पार्टीका लागि मात्रै नभएर सिंगो राष्ट्रका लागि आवश्यक पात्र भएका कारण आफूहरुले समर्थन जनाएको केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इन्चार्ज महेन्द्र अर्यालले बताए ।

यहाँका उद्योगीहरूको लगानी, युवाहरूको रोजगारी लगायतका कुराहरूको ग्यारेन्टीका लागि पनि पौडेललाई जिताउन आवश्यक रहेको उनको भनाई छ ।

बामदेव गौतम नेतृत्वको एकता अभियानका रुपन्देही जिल्ला इन्चार्ज राधेश्याम गुप्ताले रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा आफूहरूको २५ सय बढी मतदाता रहेको दाबी गरे ।