२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘चोली मैलै भो‘ गीतका गायक प्रकाश दूतराजद्वारा अष्ट्रेलियामा आत्महत्याको प्रयास



अ+ अ-

काठमाडौं । पछिल्लो समय युवापुस्ताका चर्चित गायक प्रकाश दूतराजले अष्ट्रेलियामा आत्महत्याको प्रयास गरेका छन् । सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलिया गएका उनले हिजो राति २ बजे झुण्डिने प्रयास गरेको स्रोतले बताएको छ ।

दूतराज कन्सर्टका लागि गत २० अक्टोबरमा अष्ट्रेलिया गएका थिए । अष्ट्रेलियामा गायिका भूमिका गिरी र दूतराज दुवै जनालाई आयोजकले एउटा फ्ल्याट लिएर राखेको थियो । दूतराजले सोही फ्ल्याटको आफू सुत्ने कोठामा झुण्डिने प्रयास गरेका हुन् । झुण्डिने प्रयासका क्रममा भूमिकाले थाहा पाएपछि उनलाई उद्धार गरेको आयोजक स्रोतले बतायो ।

दूतराजले आत्महत्या प्रयास गर्नुको कारण खुलाएका छैनन् । दूतराज र भूमिका अहिले केही दिनपछि अष्ट्रेलियाबाट फर्किने छन् ।

दूतराजले गाएका ‘घर कता हो बैनीको‘, ‘जाम भो माइली‘, ‘चोली मैलै भो’, ‘रेलिमाई‘’ लगायत गीतहरू युवापुस्तामाझ निकै चर्चित रहेका छन् ।