२० भाद्र २०८३, शनिबार
,
Latest
वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल आपूर्ति व्यवस्था सहज बनाउन सरकार प्रतिवद्ध, अनधिकृत मूल्यवृद्धि गर्नेलाई कारबाहीको चेतावनी कृष्णभीरको भित्ता काट्ने काम अन्तिम चरणमा: नागढुङ्गा–मुग्लिङ सडक खण्ड आज सञ्चालनमा ल्याउने तयारी ग्यासको मूल्यवृद्धिबारे रास्वपा सांसद भण्डारीः सदन खुलेपछि के हुन्छ हेर्नुस् दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद माथिल्लो त्रिशूली–१ को सुरुङबाट ११ दिनपछि चिनियाँ नागरिकको जीवित उद्धार नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट महिलाको जीवितै उद्धार प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइएमईद्वारा एक सयभन्दा बढी राफ्ट इलेक्ट्रिक स्कुटर बिक्री



अ+ अ-

काठमाडौँ । आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई इलेक्ट्रिकले चाडपर्वमा एक सयभन्दा बढी युनिट र्याफ्ट इलेक्ट्रिक स्कुटर बिक्री गरेको छ ।

राफ्ट मोटर्समा ६ वटा भन्दा बढी मोडलका इलेक्ट्रिक स्कुटरहरू छन्जसको दायरा एकै पटक चार्जमा ३ सय २० किलोमिटरसम्म पुग्छ । उचित मूल्य, धेरै राम्रो कि.मि दायरा, विश्वसनीयता र धेरै आकर्षक लुक्सका कारण राफ्ट स्कुटर छोटो अवधिमा नेपालमा अत्यन्त लोकप्रिय भएको छ ।

पेट्रोल स्कुटरको तुलनामा राफ्ट इलेक्ट्रिक स्कुटर चलाउन प्रति किलोमिटर ३० पैसाभन्दा कम खर्च हुने, तीन वर्ष भित्र उपभोक्ताले करिब रू.२५०,००० (दुई लाख पचास हजार) बचत गरि व्यावहारिक रूपमा स्कुटरको लगभग पूरा लागत फिर्ता हुने सम्भावना रहन्छ ।
फायरपु्रफ ब्याट्री, रिभर्स गियर, हाईट एडजसटेबल शोक्क अब्सोर्बर्, मल्टी मोड्स अफ ड्राईभिङ्ग, द्रुत चार्जको लागि १० एम्प चार्जर्, राम्रो सुरक्षाको लागि बाक्लो बडी, कि–लेस स्टार्ट, डीआरएल हेडलाइट, थेफ्ट अलार्म, डिजिटल डिस्प्ले, रिमोट लकिङ, अटोमेटिक चार्जर कट–अफ, इन्डिकेटर बज्जर, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, पोर्टेबल ब्याट्री र अन्य धेरै सुविधाहरू राफ्ट स्कुटरमा उपलब्ध छन्।

आइएमई इलेक्ट्रिकका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकका अनुसार मूल्य र किलोमिटर दायराको सन्दर्भमा उत्कृष्ट संयोजन भएकोराफ्ट स्कुटरको मूल्य मात्र रू. १९९,००० (रू. एक लाख उनान्सय हजार मात्र) हो । नेपालको बजारमा सबैभन्दा किफायती इलेक्ट्रिक स्कुटरहरू मध्ये एक हो राफ्ट ले एकपटकको चार्जमा ३ सय २० किलोमिटर सम्मको माइलेज दिन्छ । जुन नेपालको सबैभन्दा उच्च किलोमिटर माइलेज हो ।

यसका अतिरिक्त, हामीसँग उत्कृष्ट सुविधाहरू उपलब्ध छन् । फलस्वरूप, ग्राहक र डिलरहरूले हाम्रो अटोमोबाइललाई लोकप्रियतामा ठूलो वृद्धि दिइरहेका छन्। बिक्री, सेवा र स्पेयर पार्ट्सका साथ आइएमई इलेक्ट्रिकले सक्रिय रूपमा आफ्नो नेटवर्क विस्तार गर्दै आएको छ । यसका अहिले नेपालमा १० भन्दा बढी डिलर छन्।

आइएमई अटोमोबाइल कम्पनीको इलेक्ट्रिक भेहिकल डिभिजन, आइएमई इलेक्ट्रिकले नेपालमा राफ्ट इलेक्ट्रिक दुई पाङ्ग्रे सवारीसाधन बिक्री गर्न थालेको छ र निकट भविष्यमा चारपाङ्ग्रे यात्रुवाहक कार र व्यावसायिक सवारी साधनहरूमा विस्तार गर्ने महत्वाकांक्षी योजनाहरू रहेको छ ।

राफ्ट मोटर्स भारतका शीर्ष १० विद्युतीय दुई पाङ्ग्रे सवारी उत्पादकहरू मध्ये एक हो र यसले राम्रो विश्वसनीयता र उत्कृष्ट सम्भावित सुविधाहरू सहित गुणस्तरीय सवारी साधनहरू उपलब्ध गराउँदै आएको छ । डिलरशिप र सवारी साधन खरिद सम्बन्धि कुनै पनि जिज्ञासाको लागि ९८०११०८९७५ मा सम्पर्क गर्न सकनुहुनेछ । आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई इलेक्ट्रिक नेपालमा र्याफ्ट मोटर्सको एकमात्र आधिकारिक वितरक हो ।




भर्खरै