• २३ जेष्ठ २०८१, बुधबार
  •      Wed Jun 5 2024
  •   Unicode
Logo
Latest
★   लोकसभा चुनावमा १५ मध्ये ११ फिल्म स्टार विजयी ★   काठमाडौं उपत्यकालाई सांस्कृतिक शहर घोषणा गरौं: प्रमुख सचेतक परियार ★   विपद्बाट नागरिकलाई जोगाउन यस्तो छ सरकारको पूर्व तयारी ★   टी–२० विश्वकपः दावेदार भारतले आयरल्याण्डको सामना गर्दै ★   सन्दिप लामिछानेको वास्तविकताबारे सदनलाई जानकारी गराउन माग ★   मधेशका मुख्यमन्त्रीले २८ जेठमा विश्वासको मत लिने ★   चाबहिलमा एक पुरुषले पेट्रोल छर्किएर आफू, श्रीमती र ३ छोरीलाई आगो लगाए ★   पोखरामा प्रधानमन्त्रीलाई कालोझण्डा ★   सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको पहिलो बैठक बस्दै ★   ओमानका कप्तानले दिए अस्ट्रेलियालाई चुनौती – हल्कामा नलिउ

प्रचण्डको संगतले प्रधानमन्त्रीले बन्दुकको भाषण गर्न थाले– ओली



पोखरा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संगतले प्रधानमन्त्री शेरबहादुर देउवाले बन्दुकको भाषण गर्न थालेको आरोप लगाउनुभएको छ ।

पोखरामा सोमबार आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बन्दुक लिएर सीमामा जान प्रधानमन्त्री देउवालाई चुनौती दिनुभयो । प्रधानमन्त्री देउवाले केही दिनअघि सीमा बचाउन बन्दुक लिएर जान ओलीलाई चुनौती दिनुभएको थियो ।

बन्दुकले मात्र सबै समस्या समाधान नहुने, तथ्यका आधारमा समाधान खोजिनुपर्ने भन्दै एमाले अध्यक्ष ओलीले प्रचण्डको संगतले प्रधानमन्त्री देउवाले बन्दुको भाषा बोलेको बताउनुभयो ।

आफूले गुमेको भूमि फिर्ता ल्याउनुपर्छ भनेको तर भोलिपल्टै प्रधानमन्त्री देउवाले ‘भाषण गर्दैमा भूमि फिर्ता आउँदैन, बन्दुक लैजानुस्’ भनेको भन्दै ओलीले भन्नुभयो, “म कठैबरा भन्छु । बन्दुक लिएर होइन, कुरा गरेर शेरबहादुरजी, कुरा गरेर फिर्ता ल्याउँछौँ । प्रचण्डको संगत गरेर बन्दुककै भाषण गर्न थालेछन् । बन्दुकले केही गर्दैन, तर्क तथ्यले गर्छ ।”