• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo

ओमानका कप्तानले दिए अस्ट्रेलियालाई चुनौती – हल्कामा नलिउ



एजेन्सी । टी–२० विश्वकप २०२४ निकै रोचक ढंगले सुरु भएको छ । प्रतियोगितामा अहिलेसम्म धेरै साना टोली (एसोसिएट नेसन्स) राम्रो लयमा देखिएका छन् जसमा ओमान पनि परेको छ ।

ओमानले पहिलो खेलमा नामिबियासँग हार बेहोरेपनि टोलीले उत्कृष्ट लय देखाएको थियो । अब ओमानका कप्तानले अस्ट्रेलियालाई चुनौती दिएका छन् ।

अष्ट्रेलियाले २०२४ को टी–२० विश्वकपमा ओमानसँग खेल्दै आफ्नो अभियान सुरु गर्नेछ । अष्ट्रेलिया र ओमानबीचको यो खेल ५ जुनमा हुनेछ, तर नेपाली समय अनुसार यो खेल ६ जुनमा बिहान सवा ६ बजे देखि देख्न पाइनेछ ।

यो खेलअघि ओमानका कप्तान अकिब इलियासले अस्ट्रेलियालाई खुला चेतावनी दिएका छन् ।

खेलअघि ओमानका कप्तान अकिब इलियासले भने, ‘अष्ट्रेलियासँग पहिले स्टिभ स्मिथ र मार्नस लाबुस्चेन जस्ता खेलाडीहरू थिए, जसको राम्रो टेक्निक थियो । तर अहिले उनीहरूसँग त्यस्ता खेलाडीहरू छैनन् । उनीहरूका खेलाडीहरू ठूला शट खेल्नमात्र तयार छन् । उनीहरुको सोँचाई केवल छक्काको लागि हुन्छ ।’

इलियासले पिचको बारेमा थप भने, ‘हरेक दिन एकनास हुँदैनन् । यदि नामिबिया विरुद्धको खेलमा जस्तै विकेट पाइन्छ भने त्यो उनीहरुका लागि समस्या हुन सक्छ । जसरी तपाईंले वेस्ट इन्डिजलाई पपुवा न्युगिनीविरुद्ध देख्नुभयो । कति गाह्रो छ । टोलीमा ठूला हिटर बने पनि १३० रनको लक्ष्यका लागि संघर्ष गर्नुपरेको थियो ।’

ओमानले नामिबिया विरुद्धको खेलमा नामिबियालाई कडा टक्कर दियो, त्यसपछि खेल बराबरी भयो र सुपर ओभरमा नामिबियाले जित निकाल्यो ।

खेलमा पहिले ब्याटिङ गरेको ओमान १९.४ ओभरमा १०९ रनमा अलआउट भयो । त्यसपछि ओमानका बलरले नामिबियालाई २० ओभरमा ६ विकेट गुमाएर १०९ रन मात्र बनाउन दिएका थिए । यसपछि सुपर ओभर भयो, जुन टी–२० विश्वकपको इतिहासमा तेस्रो सुपर ओभर थियो ।