२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डको संगतले प्रधानमन्त्रीले बन्दुकको भाषण गर्न थाले– ओली



अ+ अ-

पोखरा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संगतले प्रधानमन्त्री शेरबहादुर देउवाले बन्दुकको भाषण गर्न थालेको आरोप लगाउनुभएको छ ।

पोखरामा सोमबार आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बन्दुक लिएर सीमामा जान प्रधानमन्त्री देउवालाई चुनौती दिनुभयो । प्रधानमन्त्री देउवाले केही दिनअघि सीमा बचाउन बन्दुक लिएर जान ओलीलाई चुनौती दिनुभएको थियो ।

बन्दुकले मात्र सबै समस्या समाधान नहुने, तथ्यका आधारमा समाधान खोजिनुपर्ने भन्दै एमाले अध्यक्ष ओलीले प्रचण्डको संगतले प्रधानमन्त्री देउवाले बन्दुको भाषा बोलेको बताउनुभयो ।

आफूले गुमेको भूमि फिर्ता ल्याउनुपर्छ भनेको तर भोलिपल्टै प्रधानमन्त्री देउवाले ‘भाषण गर्दैमा भूमि फिर्ता आउँदैन, बन्दुक लैजानुस्’ भनेको भन्दै ओलीले भन्नुभयो, “म कठैबरा भन्छु । बन्दुक लिएर होइन, कुरा गरेर शेरबहादुरजी, कुरा गरेर फिर्ता ल्याउँछौँ । प्रचण्डको संगत गरेर बन्दुककै भाषण गर्न थालेछन् । बन्दुकले केही गर्दैन, तर्क तथ्यले गर्छ ।”