• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   ट्राफिक प्रहरीको हत्या आरोपमा ६ जना पक्राउ ★   नि:शुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित ★   कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै ★   नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित ★   दोदा बगरमा सागसब्जी : आकर्षक आम्दानी गर्दै पाँच सय किसान ★   अन्तर्राष्ट्रिय ट्राभल फेयर : नेपाल पर्यटन बोर्डलाई ‘मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड ★   प्रतिनिधिसभा बैठक आज बस्दै, के छ कार्यसूची ? ★   सहकारी ठगी छानबिन समितिको क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको बैठक बस्दै ★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले ★   बैंगलोर नवौं पटक आईपीएल प्लेअफमा, चेन्नईलाई २७ रनले हरायो

प्रचण्डका कारण संसद् विघटन गर्नुपरेको–ओली



पोखरा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण संसद् विघटन गर्नुपरेको बताउनुभएको छ । पोखरामा आयोजित बृहत् अगुवा कार्यकर्ता भेलामा उहाँले जनादेशको अनादर प्रचण्डले गरेपछि संसद् विघटन गर्नुपरेको बताउनुभयो ।

प्रचण्डले जनादेशको अनादर गरेर आफूहरुको प्रतिबद्धता च्योतपछि संसद् विघटन गरिएको उहाँको भनाइ थियो । अघिल्लो संसदीय निर्वाचनमा एमाले र माओवादी मिेलेर संयुक्त घोषणापत्र ल्याएको भन्दै अध्यक्ष ओलीले भन्नुभयो, “प्रचण्डले त्यो घोषणापत्रलाई च्यातेर अनादर गरेपछि ताजा जनादेशमा जानुपर्ने अवस्था बन्यो ।”

उहाँले अदालतमा पुगेर मुद्दा हालेर सरकार खोस्ने, बनाउने काम गरेर शेरबहादुर देउवा नेतृत्वको गठबन्धनले नै संविधान मास्ने काम गरेको आरोप लगाउनुभयो ।

आफूलाई संविधान मासेको आरोप लगाइएको भन्दै तर संविधान मास्ने काम वर्तमान प्रधानमन्त्री देउवाले नै गरेको उहाँको भनाइ थियो ।