९ भाद्र २०८३, मंगलवार
,
Latest
राष्ट्रिय सभाको शुन्य समयः कुटनीतिक रिक्ततादेखि जनस्वास्थ्य र पूर्वाधारका समस्यासम्म सरकारको ध्यानाकर्षण नेपाल विशेष सेवा ऐन जगाउने विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयो राष्ट्रिय सभामा सांसदहरूको आक्रोशः बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता : उपराष्ट्रपति यादव अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ नयाँ ‘ट्याक्स पोर्टल’ आज सार्वजनिक हुँदै अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डका कारण संसद् विघटन गर्नुपरेको–ओली



अ+ अ-

पोखरा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण संसद् विघटन गर्नुपरेको बताउनुभएको छ । पोखरामा आयोजित बृहत् अगुवा कार्यकर्ता भेलामा उहाँले जनादेशको अनादर प्रचण्डले गरेपछि संसद् विघटन गर्नुपरेको बताउनुभयो ।

प्रचण्डले जनादेशको अनादर गरेर आफूहरुको प्रतिबद्धता च्योतपछि संसद् विघटन गरिएको उहाँको भनाइ थियो । अघिल्लो संसदीय निर्वाचनमा एमाले र माओवादी मिेलेर संयुक्त घोषणापत्र ल्याएको भन्दै अध्यक्ष ओलीले भन्नुभयो, “प्रचण्डले त्यो घोषणापत्रलाई च्यातेर अनादर गरेपछि ताजा जनादेशमा जानुपर्ने अवस्था बन्यो ।”

उहाँले अदालतमा पुगेर मुद्दा हालेर सरकार खोस्ने, बनाउने काम गरेर शेरबहादुर देउवा नेतृत्वको गठबन्धनले नै संविधान मास्ने काम गरेको आरोप लगाउनुभयो ।

आफूलाई संविधान मासेको आरोप लगाइएको भन्दै तर संविधान मास्ने काम वर्तमान प्रधानमन्त्री देउवाले नै गरेको उहाँको भनाइ थियो ।




भर्खरै