• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

कैलालीमा बसबाट खसेर बस-मालिकको मृत्यु



(सांकेतिक तस्बिर)

धनगढी । कैलालीमा बसबाट खसेर सोहि बस मालिकको मृत्यु भएको छ ।

कैलालीको टीकापुर नगरपालिका–१ खड्गचोकमा टीकापुरबाट धनगढीतर्फ जाँदै गरेको ना ५ ख ५८७२ नम्बरको बसले यात्रु चढाउने क्रममा ढोकाबाट खसेर लम्की चुहा नगरपालिका–१ का ४० वर्षका विष्णु देवकोटाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु भएका देवकोटा सोहि बसका मालिक हुन् ।

मृतक देवकोटा खड्गचोकमा यात्रु चढाउन रोक्ने क्रममा बसको ढोकाबाट खसेका थिए, र लगत्तै उनको पछाडीको चक्कामा च्यापिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।