२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड पत्नी सीताको स्वास्थ्य जटिल



फाइल तस्बिर
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । स्वास्थ्य अवस्था गम्भीर बनेपछि शनिबार ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना भएकी सीतालाई नन् इन्भेसिभ भेन्टिलेटर (एनआईभी) मा राखिएको छ ।

१६ दिनको लामो उपचारपछि गत सोमबार मात्र उहाँलाई घर लगिएको थियो । अस्पतालका अनुसार पछिल्लो अवस्था गम्भीर भए पनि आशा मारिहाल्नुपर्ने अवस्था भने छैन ।

सीताको स्वास्थ्यमा छिनछिनमा उतारचढाव आउन थालेपछि विशेषज्ञ चिकित्सकको निगरानीमा उहाँको उपचार भइरहेको छ ।

सीता लामो समयदेखि जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी ९पीएसपी०’ बाट प्रचण्ड पत्नी सीता पीडित हुनुहुन्छ । चिकित्सकले यो रोगलाई पूर्णरुपमा निको नहुने र रोकथाम मात्र गर्न सकिने बताएका छन् ।

मधुमेह र उच्च रक्तचापबाट समेत पीडित सीताको अहिले अहिले मेडिसिटीमा वरिष्ठ न्युरो रोग विशेषज्ञ डा बाबुराम पोखरेलको नेतृत्वमा उपचार भइरहेको छ ।