२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

दिवा खाजाले पनि रोकेन विद्यार्थी

दिवा खाजाले पनि रोकेन विद्यार्थी
file
अ अ+ अ-

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु–३ ब्रह्मस्थानमा रहेको ब्रह्म प्राथमिक विद्यालयमा दिवा खाजा कार्यक्रम लागू भएको १२ वर्ष भएको छ । विसं २०६७ मा दिवा खाजा कार्यक्रम लागू हुँदा सयभन्दा बढी विद्यार्थी रहेका यस विद्यालयमा हाल जम्मा ४५ विद्यार्थी मात्रै अध्ययनरत छन् ।

नेपाल सरकारले सीमान्तकृत र लोपोन्मुख जातिका विद्यार्थी अध्ययन गर्ने विद्यालयलाई लक्षित गरेर ०६७ मा विद्यालयमा दिवा खाजा कार्यक्रम लागू गरेको थियो । त्यसको केही वर्षपछि अन्य विद्यालयहरुमा समेत दिवा खाजा कार्यक्रम लागू गरिएपछि विद्यार्थी घट्ने क्रम सुरु भएको विद्यालयका प्रधानाध्यापक पूर्णबहादुर केसीले बताउनुभयो ।

“दिवा खाजा कार्यक्रम सुरु हुँदा विद्यालयमा सयभन्दा बढी विद्यार्थी अध्ययन गर्दथे, अहिले घटेर ४५ मा सीमित छन्”, प्रअ केसीले भन्नुभयो, “अन्य विद्यालयमा पनि दिवा खाजा कार्यक्रम विस्तार संगै अन्य कारणले पनि विद्यार्थी सङ्ख्या निरन्तर ओरालो लागेको हो ।”

सरकारले सुरुमा दिवा खाजा कार्यक्रमका लागि प्रतिविद्यार्थी रु १२ उपलब्ध गराउदै आएकोमा अहिले रु १५ पु¥याएको छ । “सुरुका वर्षहरुमा दिवा खाजाले विद्यार्थीहरु नियमित विद्यालय आउने क्रम बढाउनाका साथै छुट्टी नहुँदै भाग्ने क्रम रोकिएको थियो”, केसीले भन्नुभयो, “अब बिस्तारै अभिभावकहरुको आर्थिक अवस्थामा सुधार हुँदा अभिभावकको रोजाइमा निजी विद्यालय पर्न थालेपछि विद्यार्थी घट्दै गएका छन् ।”

विद्यालयमा सुरुका वर्षमा सीमान्तकृत समुदायका बालबालिकासँगै अन्य जातिका बालबालिका पनि अध्ययन गर्दै आएका थिए । अहिले बोट तथा दलित बालबालिका मात्रै अध्ययनका लागि आउने गरेको प्रधानाध्यापक केसीले बताउनुभयो ।

सरकारले विद्यार्थीको टाउको गनेर धेरै विद्यार्थी भएका विद्यालयलाई बढी सुविधा दिने गरेको र थोरै विद्यार्थी भएका विद्यालयहरुमा शैक्षिक पूर्वाधार विकासका लागि रकम पर्याप्त निकासा नहुदा विद्यालयको शैक्षिक वातावरण सुधार गर्न नसकेपछि विद्यार्थीहरु छिमेकी विद्यालय र निजी विद्यालयमा आकर्षित हुँदै गएको उहाँ बताउनुहुन्छ ।

राज्यले माध्यमिक तहसम्मको विद्यालयलाई स्थानीय तहको जिम्मा लगाएको भए पनि जनप्रतिनिधिहरुले शिक्षालाई भन्दा अन्य भौतिक विकासलाई प्राथमिकतामा राख्ने गरेको केसीले बताउनुभयो । विद्यालयको विभिन्न संरचनाहरु निर्माण गर्दै शैक्षिक वातावरण सुधार गर्नुपर्ने अवस्था हुँदा पनि स्थानीय सरकारले खासै चासो नदिएको केसीको गुनासो छ ।

विद्यालयका शिक्षक अभिभावक सङ्घका अध्यक्ष गुणराज पौडेलले विद्यालयको पर्खाल नहुँदा असुरक्षा बढेकाले विद्यार्थी घटेको बताउनुहुन्छ । “यो चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्तीमा पर्छ । यहाँ दिउँसै गैँडा, बँदेल लगायतका जङ्गली जनावरहरु आउँछन्”, पौडेलले भन्नुभयो, “विद्यालयमा पर्खाल छैन । जनावर आएर खेल्दै गरेका विद्यार्थीलाई हान्ला भन्ने त्रास छ ।

जनावरको त्रासका कारण अभिभावकले आफ्ना बालबालिकालाई अन्य विद्यालयमा लगेर पढाउन बाध्य छन् ।” विद्यालयको पर्खाल निर्माण तथा भवनहरुको व्यवस्थापनका लागि नगरपालिकासँग कुरा गर्दा सम्बोधन हुन नसकेको पौडेलले बताउनुभयो ।

विद्यालयको दिवा खाजा कार्यक्रमका संयोजक मङ्गुराम बोटेले विद्यालयमा बोटे समुदाय र दलित विद्यार्थीबाहेक अरू विद्यार्थीलाई आकर्षित गर्न नसकिएको बताउनुभयो । “बाल विकास केन्द्र ९इसिडी०मा अन्य जातजातिका विद्यार्थीहरु आउने गरेका छन् ।

अर्को वर्षबाट ती विद्यार्थीलाई अन्य विद्यालयमा सारिन्छ”, बोटेले भन्नुभयो,“सरकारी विद्यालयमा पढाउनका लागि अभिभावकहरुको इच्छा नै नहुँदा दिवा खाजाले पनि विद्यार्थी रोक्न सकेन ।”साबिकको कोल्हुवा गाविस– ९ मा यही एउटा मात्रै विद्यालय रहेको भए पनि नयाँ संरचनाअनुसार वडा नं ३ मा यस विद्यालयबाट तीन किलोमिटरको दूरीमा माध्यमिक विद्यालय रहेको छ ।

विद्यालयमा थोरै विद्यार्थी रहेका भन्दै स्थानीय तहबाट पनि सहयोग नहुँदा विद्यार्थी सङ्ख्या बढाउन नसकिएको प्रअ केसीले बताउनुभयो । यस विद्यालयमा बाल विकास केन्द्र (इसिडी)देखि कक्षा ५ सम्म अध्ययन हुँदै आएको छ । विद्यालयमा छजना शिक्षक रहेकामा दरबन्दीका दुई, इसिडीका दुई तथा स्थानीय स्रोतबाट दुई शिक्षकले पारिश्रमिक लिँदै आएका केसीले बताउनुभयो ।