१८ भाद्र २०८३, बिहीबार
,
Latest
राजर्षिजनक विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई शव निकालियो रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’ घिसिङद्वारा प्रधानमन्त्री साहलाई विपद् व्यवस्थापन र पूर्वाधार सुरक्षाबारे सुझाव दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापाको दुना–टपरी उद्योगमा आगलागी, दुई करोड बराबरको क्षति



अ+ अ-

झापा । झापाको मेचीनगर–९ मा रहेको लिफ प्लस प्रालि दुना–टपरी उद्योगमा गएराति आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी वसन्त थापाका अनुसार मध्यरातमा भएको आगलागीमा कारखाना भवन, दुई कन्टेनर तयारी दुना टपरी, मेसिनरी लगायतको उद्योगको सम्पूर्ण भौतिक संरचना जलेर ध्वस्त भएको छ ।

मेचीनगर, भद्रपुर, विर्तामोड, कमल र दमकको दमकलले आज बिहान मात्र आगलागी नियन्त्रण गरेका थिए । आगलागीबाट रु दुई करोडको क्षति भएको उद्योगका सञ्चालक हरि दाहालले बताउनुभयो ।

उद्योगले सुपारीको सुकेका पातलाई कच्चापदार्थका रुपमा प्रयोग गरेर आकर्षण दुना, टपरी, थाल, बटुका, चम्चा लगायतका सामान उत्पादन गर्दै आएको थियो । यहाँको उत्पादन युरोपका विभिन्न देशमा निर्यात हुने गरेको थियो ।

“राति साढे १२ बजेतिर कारखाना भवनका छिमेकीले आगलागी भयो भन्दै गाउँलेहरुलाई बोलाएपछि हामी हतारहतार पुग्यौँ,” सञ्चालक हरि दाहालले भन्नुभयो, “हामी पुग्दा उद्योगका सबै सामान जलेर सत्यनाश भइसकेको रहेछ ।”
झापामा सुपारी खेती हुने गरेको छ । खेर गइरहेको सुपारीको पातलाई मेसिनमा राखेर दुना र टपरी उत्पादन हुन थालेपछि स्थानीयवासीले समेत यसबाट मनग्य फाइदा पाएका थिए ।

सञ्चालक दाहाल, स्वाभिमान आचार्य, विधान पोखरेल र कोविदसिंह बानियाँले पाँच कट्ठा जग्गामा २०७४ सालमा स्थापना गरेको लिफ प्लस प्रालिबाट १६ जनाले प्रत्यक्ष रोजगारी पाएका थिए भने पात सङ्कलन कार्यमा सयौँले काम पाउँदै आएका थिए ।




भर्खरै