२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेता पौडेलद्वारा मतदाताको गुनासो र सुझाव लिन हटलाइन



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले मतदाताको गुनासो र सुझाव लिन हटलाइन नम्बर सार्वजनिक गरेका छन् ।

लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट काठमाडौँ क्षेत्र नं ५ को प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका पौडेलले मतदाताका समस्या र सुझाव सङ्कलनका लागि आइतबार हटलाइन नम्बर (९८८०२९८८०२) सार्वजनिक गरेका हुन् ।

नेता पौडेलले चुनावी घरदैलोमा प्रत्येक मतदाताकोमा जाने क्रममा कतिपय मतदाताहरू कार्य व्यस्तताले नभेटिने गरेको र उनीहरुको सुझाव र गुनासो सुन्न नपाएकाले सुझाव र गुनासो सुन्न हटलाइन नम्बर सुरु गरिएको जानकारी दिए ।

“हटलाइनबाट आएका गुनासो र सुझाव काठमाडौँ क्षेत्र नं ५ को विकासका लागि मार्गदर्शन बन्नेछ, त्यहीँ गुनासो र सुझावलाई आत्मासाथ गर्दै अगाडि बढ्नेछु”, नेता पौडेलले भने ।

सार्वजनिक हटलाइन नम्बरमा नेता पौडेलसहित काठमाडौँ क्षेत्र नं ५ को प्रदेश सभातर्फका उम्मेदवारलाई मतदाताले आफ्नो क्षेत्रको समस्या र सुझाव रेकर्ड गर्न सक्ने बताइएको छ ।

लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट काठमाडौँ क्षेत्र नं ५ प्रदेश (१)मा भैरव सापकोटा र प्रदेशसभा (२) मा श्यामबहादुर खड्का उम्मेदवार बनेका छन् ।