२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई कार्यदलले न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन बुझाउँदै



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई सत्तारुढ गठबन्धनको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन बुझाउने भएको छ । काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वको कार्यदलले प्रतिवेदन तयार गरेर प्रधानमन्त्री देउवालाई बुझाउन लागेको हो । 

विहान साढे ९ बजे बुझाउने प्रतिबेदन सबैको अपनत्व हुने गरी तयार पारिएको कार्यदलका सदस्य राजेन्द्र श्रेष्ठले बताए । उनका अनुसार गठबन्धन सम्बद्ध पार्टीका नेता, अर्थविद्, कानुनका जानकार लगायतलाई पनि परामर्श लिएर प्रतिवेदन तयार पारिएको हो ।

प्रतिवेदनमा सरकारको योजना, काम र प्राथमिकताका विषयलाई समेटिएको छ । प्रतिवेदन गठबन्धनका शीर्ष नेतालाई पनि बुझाइने श्रेष्ठले बताए ।