२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

समता विद्यालयको सहयोगार्थ अमेरिकामा कार्यक्रम

समता विद्यालयको सहयोगार्थ अमेरिकामा कार्यक्रम
अ अ+ अ-

वासिङ्टन डिसी । नेपालमा सस्तोमा सर्वसुलभ शिक्षा प्रदान गर्दै आएको समता विद्यालयको सहयोगार्थ अमेरिकामा कार्यक्रम आयोजना गरिएको छ ।

विभिन्न नौ राज्यमा सांस्कृतिक कार्यक्रमसहित गरिने कार्यक्रममा सहभागी हुन विद्यालयका संरक्षक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, विद्यालयका अध्यक्ष तथा परिकल्पनाकार उत्तम सञ्जेल अमेरिका आउनुभएको हो । उक्त कार्यक्रमको सुरुआत अमेरिकाको न्यूयोर्कबाट शनिबार शुरु गरिएको छ ।

कार्यक्रमका बारेमा संक्षिप्त प्रतिक्रिया दिँदै वरिष्ठ कलाकार श्रेष्ठले भन्नुभयो, “हामी यो पटक अमेरिकामा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शैक्षिक क्षेत्रमा योगदान दिन अनुरोध गर्दै आइपुगेका छौँ ।

समता विद्यालय एउटा उत्कृष्ट शैक्षिक प्रतिष्ठानको नमूना भएको र यसका लागि विगत २२ वर्षदेखि एक जनाले चलाउँदै आउनुभएकाले यसमा हातेमालो गर्न अपिल गर्दै हामी आएका हौँ ।”

विभिन्न नौ वटा राज्यमा सांस्कृतिक कार्यक्रमसहित सहयोगार्थ कार्यक्रम आयोजना गरिन लागेको जानकारी दिँदै ग्लोबल सिनेटका अध्यक्ष प्रा डा उत्तम गौलीले नेपालको रूपान्तरण शिक्षाबाट मात्र सम्भव छ भन्ने विश्वासका साथ सर्वसुलभ गुणस्तरीय शिक्षा प्रदान गर्ने अभियान भएको बताउनुभयो ।

उहाँका अनुसार शिक्षा क्षेत्रमा समता विद्यालयले सञ्चालन गरेको विद्यालयहरूलाई सहयोग गर्न विदेशमा बस्ने नेपालीहरुलाई निश्चित शुल्क तिरेर सिनेटरको उपाधि दिइने छ । यसरी उपाधि प्राप्त गरेका व्यक्तिले विद्यालयको सञ्चालनका लागि विभिन्न नीति नियम तय गर्न तथा रणनीति निर्माण गर्न सहयोगी भूमिका निर्वाह गर्नेछन् ।

गौलीले भन्नुभयो, “अमेरिकामा नेपाली समुदायले व्यक्त गरेको चासो र प्रतिक्रियाले हामीलाई उत्साहित बनाएको छ ।” शनिबार न्यूयोर्कमा आयोजित कार्यक्रममा सांस्कृतिक कार्यक्रम समेतको आयोजना गरिएको थियो ।

समता ग्लोबल सिनेटको आयोजनामा भएको बृहत् सुशोभन समारोह तथा सांस्कृतिक साँझमा नेपालीहरूको उल्लेख उपस्थिति थियो ।

मातृभूमिमा शिक्षाबाट वञ्चित बालबालिकाको सहयोगार्थ आरके फाउण्डेशन अमेरिकाको सहकार्यमा आयोजित समता साँझमा गायक रामृष्ण ढकाल, विमल डाँगी, निशा सुनारलगायत एक दर्जन कलाकारले गायन तथा नृत्य प्रदर्शन गरेका थिए । साथमा मह जोडीले समेत प्रस्तुति दिएको थियो ।

नेपालको ७७ जिल्लामा नै खोलिएका विद्यालयहरूमा समता विद्यालयमार्फत करिब ५० हजार विद्यार्थी अध्ययन गरिरहेका छन् । एक सय रुपैयाँँ शुल्कमा कक्षा १ देखि स्नातकोत्तरसम्मको अध्ययन गर्न सकिने विद्यालयको संरक्षकमा महजोडी रहनुभएको छ ।