१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुर्सीमा बसेर काम गर्ने बानी छ, देखिन सक्छ यस्तो समस्या



अ+ अ-

काठमाडौं । सामान्यतयाः लामो समयसम्म एउटै स्थानमा बसेर काम गर्दा मोटोपन बढ्ने आम धारणा छ । तर, वैज्ञानिकहरुले एउटै कुर्सीमा वा एउटै स्थानमा बसेर काम गर्दा शारीरिक समस्या त आउँछ नै मानसिक समस्या पनि आउने बताएका छन् ।

कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो समय धेरै मानिसहरु एउटै ठाउँमा बस्ने, एकै ठाउँमा बसेर काम गर्ने, एउटै कुर्सी वा विस्तारामा बसेर काम गर्ने गरेका छन् । जसले धेरै मानिसमा शारीरिक समस्या आउन थालेको छ । 

इंग्ल्याण्डको हडर्सफिल्ड युनिभर्सिटीले गरेको अनुसन्धानमा संलग्न अनुसन्धानकर्ताले लकडाउनको समयमा घरबाट एउटै स्थानमा ८ घण्टाभन्दा बढी बसेर काम गर्दा मानसिक समस्या पनि आउँछ । हप्ताभरी १५० मिनेट व्यायाम गर्ने मानिसहरुको दिमागमा पनि नराम्रो असर पर्ने अनुसन्धानमा खुलेको छ । 

वैज्ञानिकले लामो समयसम्म एकै स्थानमा बसेर काम गर्दा धेरै व्यायाम गर्नुपर्ने बताएका छन् । 

अनुसन्धानकर्ता डा. लियान जेवेडोले भनेका छन्, ‘हामीले एउटै स्थानमा लामो समयसम्म काम गर्ने ३०० जनामाथि अध्ययन गरेका थियौँ । जसमा ५० प्रतिशत मानिसहरु ८ घण्टाभन्दा बढी काम गर्ने गर्थे । एक जना व्यक्तिले कम्तिमा ३० मिनेट भन्दा बढी व्यायाम गर्न आवश्यक छ । वर्कआउटका लागि १ घण्टा लामो एक्सरसाइज गर्नुपर्छ ।’

डा। लियानले एउटै स्थानमा बसेर लामो समय काम गर्दा स्वास्थ्यमा नकारात्मक असर पार्ने बताएका छन् । उनले लामो समयसम्म एउटै ठाउँमा वा एउटै कुर्सीमा बसेर काम गर्नुभन्दा छिनछिनमा उठ्ने र स्थान बदल्ने गर्नुपर्छ । मानसिक स्वास्थ्यलाई सुधार गर्न गार्डनिङ जस्ता क्रियाकलाप गर्नुपर्छ । यसले शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ ।