२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘लौरो’ अभियानको चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठ)



अ+ अ-

काठमाडौँ । मंसिर ४ मा हुने आसन्न निर्वाचनका लागि ‘लौरो’ अभियानमा रहेकाहरूको हाम्रो नेपाली पार्टीले प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।

प्रतिबद्धतापत्रमा अभियानले अबको विकास दीर्घकालीन निकाशसहित दीर्घकालीन मास्टरप्लान बनाइ १ वर्ष, ५ वर्ष ५० वर्षको योजना बनाएर अघि बढ्ने जनाएको छ ।

यस्तै, सात वटै प्रदेशमा ७ चक्र निर्माण गरी हिमाल, पहाड र तराईलाई जोडेर ७ वटा चक्रपथ तथा अध्यात्मिक मार्ग मनाउने, ७७ जिल्लामा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको अवधारणासहित हरेक सरह र गाउँलाई एक स्वर्गको बगैँचा बनाउने उल्लेख गरेका छन् ।

अभियानले कैलाश पर्वतदेखि स्वर्गद्धारीसम्म जाने बाटो, स्वार्गद्धारीदेखि सगरमाथासम्म स्वर्गको बाटे र सगरमाथादेखि कञ्चनगंगासम्म स्वर्गपछिको बाटोमा केबलकार घोडा र पदमार्ग बनाउने उद्घोष गरेको छ । नुनदेखि सुनसम्म, सियोदेखि रकेटसम्म नेपालमै उत्पादन गरी विश्वबजारमा उत्कृष्ट पहिचान बनाउने घोषणा गरेका छन् ।

सुमन सायमी संयोजक रहेको ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ का उम्मेदवारहरु संगठितरूपमै मंसिर ४ को चुनावी मैदानमा होमिएका छन् ।

lauro ghosana_compressed - Copy