१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखा समृद्धिका लागि प्रचण्डको ४५ योजना (पूर्णपाठ)



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखाको विकासका लागि भन्दै प्रतिवद्धता सार्वजनिक गरेका छन् ।

गोरखा २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका प्रचण्डले रणनीतिक महत्वका ४५ योजना सार्वजनिक गरेका हुन् ।

उनले सडक, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्द्धन, कृषि, जडिबुटी, व्यावसायिक पशुपालन, सीपमुलक तालिम, साहित्य कला संस्कृतिको संरक्षण गर्ने भन्दै प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । गोरखाबाटै आर्थिक विकास निर्माण र समृद्धिको सुरुवात गर्ने उनको तर्क छ ।

यस्तै, उनले सामाजिक न्याय, समता र समाजलाई समृद्धिको नयाँ युगतर्फ लैजान परिवर्तनको नेतृत्व र जनसेवामा आफ्नो भूमिका रहेको उल्लेख गरेका छन् । समाजमा क्रान्ति र शान्तिको नेतृत्व गर्दै नेपाली संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, संविधान निर्माण र कार्यान्वयनसम्म आइपुग्दा देश र जनताको पक्षमा आफूलाई उभ्याउँदै आएको उनको जिकिर छ ।

पालुङटार एयरपोर्टलाई पुनः सुचारु गर्नेदेखि पालुङटारलाई मौलिक स्मार्ट सिटीको रूपमा विकास गर्ने, बहुउद्देश्यीय राष्ट्रिय गौरवको १२ सय मेघावाटको बुढीगण्डकी जलविद्युत आयोजना तत्काल कार्यान्वयन सुरू गर्नुका साथै अन्य जलविद्युतका सबै सम्भावनाहरुलाई अघि बढाउने प्रतिबद्धता प्रचण्डले गरेका छन् ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2022/11/prachanda.pdf”]