२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

केरुङ्गे खोलाको समस्या समाधान गर्ने डा कोइरालाको प्रतिबद्धता



अ+ अ-

नवलपरासी पूर्व । नेपाली काङ्ग्रेसका नेता डा शशाङ्क कोइरालाले केरुङ्गे खोलाको समस्या समाधान गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका वडा नम्बर ४ र ५ जोड्ने केरुङ्गे खोलामा वर्षेनी आउने बाढीका कारण स्थानीयवासीले दुःख पाउँदै आएका छन् ।

नवलपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार कोइरालाले केरुङ्गे खोलाको अनुगमन गरी समस्या समाधान गर्ने आश्वासन दिनुभएको हो । खोलाको दुबै छेउमा पाँचरपाँच सय मिटरको ड्याम बाध्नुपर्नेमा ५० मिटर मात्रै छेकबार लगाइएको छ ।

स्थानीय रमिला भुजेलले खोलामा ड्याम नहुँदा बर्खामा बाढीले धनजनको क्षति हुनुका साथै स्थानीयवासी डर र त्रासमा बस्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।