२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

धनगढीमा प्रभावकारी बन्दै विपद् जोखिम न्युनिकरणसम्बन्धी सचेतनामुलक कार्यक्रम

धनगढीमा प्रभावकारी बन्दै विपद् जोखिम न्युनिकरणसम्बन्धी सचेतनामुलक कार्यक्रम
अ अ+ अ-

काठमाडौँ । नेपालका विभिन्न क्षेत्रमा विपद् जोखिम न्युनिकरणसम्बन्धी सचेतनामुलक कार्यक्रमको प्रभावकारिता बढ्दै गएको छ ।

गाउँगाउँमा पुगेर प्राकृतिक विपद्जन्य घटना हुन नदिन र भइसकेपछि अधिक क्षति हुनबाट रोक्ने अभियानले सफलता हात पार्दै गएको हो । युरोपियन युनियन र रेडक्रसको सहयोगमा आयोजना भइरहेको विपद्जन्य घटनाहरुको न्युनिकरण र रोकथामका लागि घरमै पुगेर विशेषज्ञहरुले जानकारी गराउने अभियानले धेरै हदसम्म जोखिम कम गरेको स्थानीयहरुको भनाइ छ ।

विपद्ग्रस्त क्षेत्रका स्थानीयहरुलाई विपद्का घटनाहरुको जानकारी र सावधानीका उपायहरुबारे परामर्श दिइने सुपर परियोजनाका कार्यक्रहरुले आम नागरिकलाई विपद्जन्य घटनाका कारण हुने क्षति कम गर्न सहयोग पुगेको धनगढी उपमहानगरपालिकाकी स्थानीय पूजा भट्ट । तालिमले विपद् आउनुपूर्वको तयारी र आइसकेपछि कसरी त्यसलाई धेरै क्षति हुनबाट रोक्नेकुरा सिकाएको बताउनु भयो । त्यस्तै धनगढी उपमहानगरपालिकाका दमकल चालक मिनबहादुर खड्का विपद् आउँदा कसरी क्षति न्युनिकरण गर्ने भन्नेबारेमा धेरै जनचेतना पाएको बताउनु हुन्छ । उहाँले विपद्लाई कम गर्नका लागि आवश्यक परेको खण्डमा विकल्प राखेर अघि बढ्नुपर्ने आवश्यक्ताको खाँचो रहने कुरा तालिमबाट सिकेको बताउनु भयो ।

त्यस्तै धनगढी उपमहानगरपालिकाका अर्का स्थानीय सुरेश साउत विपद्का घटनामा आफ्नो सुरक्षासहित कसरी अन्य व्यक्तिको सुरक्षा गर्ने भन्नेकुरा तालिमबाट राम्रोसँग सिकेको बताउनु हुन्छ । त्यस्तै व्यवसायी एवं स्थानीय सञ्जयकुमार पन्तले विपद्सम्बन्धी तालिमले धेरै कुरा सिकाएको बताउनु भयो । उहाँले यस्ता तालिमहरुको दायरा हरेक गाउँगाउँमा पु¥याउनसके विपद्का घटनाहरुलाई कम गर्न सकिने बताउनु भयो । उहाँले यस्ता जनचेतनामुलक कार्यक्रमहरु विद्यालयबाट शुरु गर्नुपर्ने बताउनु भयो । विद्यार्थीहरुलाई यस्ता जीवनोपयोगि तालिमहरु दिनसके हरेक विपद्का दुर्घटनाबाट जनधनको कम क्षति हुने निश्चित रहेको बताउनु भयो ।

त्यस्तै अर्की स्थानीय नाज्मा सलमानीले तालिमका कारण आफ्नै घरमा पनि ठूलो दुर्घटना हुनबाट जोगिएको बताउनु भयो । उहाँले आफ्नो घरको सम्भावित दुर्घटनालाई तालिमले नै जोगाएको बताउनु भयो । त्यस्तै अर्की स्थानीय फोरन सलमानीले आमाले तालिमबाट सिकेको सीपका कारण घरमा आगो लाग्नबाट जोगिएको बताउनु भयो । उहाँले परिवारका सबै सदस्यहरु डराइरहेको बेलामा आमाले भनेको कुराको पालना गर्दा पानीमा सल भिजाएर आगो लागिरहेको सिलिण्डरलाई थप आगो लाग्नबाट रोकेको बताउनु भयो ।

त्यस्तै धनगढी उपमहानगरपालिकाका दमकल फायरम्यान चन्द्रबहादुर पार्कीले आफूले तालिमबाट सिकेका कुराहरुलाई आम समुदायमा पनि सूचना प्रशारित गर्ने गरेकाले धेरै कुराको जोखिमलाई सहजै नियन्त्रणमा ल्याउन र समाधान गर्न मद्दत पुगेको बताउनु भयो । उहाँले

त्यस्तै जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बाढी र आगलागीको प्रमुख जोखिमपूर्ण स्थान सुदूरपश्चिम भएकाले पनि सरकारले प्राथमिकता दिने गरेको बताउनु भयो । उहाँले भौगोलिक र प्राकृतिक दृष्टिबाट पनि धेरै असुरक्षित स्थान भएकाले सुदूरपश्चिमलाई सरकारले विशेष प्राथमिकता दिएर विपद्का घटनाहरुको रोकथाममा सहयोग गरिरहेको बताउनु भयो । उहाँले क्षति न्युनिकरणका लागि जनतालाई चेतना फैलाउने कार्यक्रमहरु अघि सार्नुपर्ने बताउनु भयो ।

धनगढी उपमहानगर पालिकाका प्रमुख गोपाल हमालले धनगढीमा विपद् नआउँदासमेत विपद्जस्तो परिस्थितिको सामना गर्नु परिरहेको बताउनु भयो । उहाँले धनगढीमा डुबानको समस्या धेरै हुने गरेको बताउनु भयो । खोला, नदीको बहावलाई अवरुद्ध र अतिक्रमण गर्ने कार्यले गर्दा सामान्य वर्षामा पनि विपद्काके सामना गर्नुपरेको बताउनु भयो ।

उहाँले उपमहानगरपालिकाले अबको ५ वर्षमा प्राकृतिक वहावलाई पूर्ववत अवस्थामा ल्याइ प्राकृतिक दुर्घटना हुन नदिनका लागि काम थालेको बताउनु भयो । पूर्व सूचनाका कारण यसवर्ष भने खेतमा धान डुबेको छ भनेर गुनासो नगरेको बताउनु भयो । उहाँले पूर्व सूचनाबाट नै क्षति काम गर्न सकिन्छ भन्ने अवधारण लिएर काम गरिरहेको बताउनु भयो । उहाँले अहिले उपमहानगरपालिकामा २४ सै घण्टाका लागि नगरप्रहरी खटाइएको बताउनु भयो ।

त्यस्तै धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकलाकुमारी रानाले उपमहानगरपालिकाले युरोपियन युनियन र रेडक्रसको सहयोगमा विपद् न्युनिकरणका लागि आपत्कालीन व्यवस्था केन्द्र स्थापना गरी काम गरिरहेको बताउनु भयो । उहाँले उपमहानगरपालिकाले विपद् न्युनिकरणका लागि बजेट छुट्याएको र त्यसैअनुसार काम भइरहेको बताउनु भयो । त्यस्तै धनगढी उपमहानगरपालिकाका वडा नम्बर ३ का अध्यक्ष राजबहादुर ऐरले सुपर परियोजना अन्तर्गत युएनडिपीको कार्यक्रमका कारण आएका प्राविधिक समस्याहरुको समाधानका उपायहरु जान्ने अवसर पाएको बताउनु भयो । उहाँले तालिमले घटना हुनुपूर्वाभ्यासमा जोड दिएको बताउनु भयो ।

त्यस्तै विपद्सम्बन्धी विज्ञ.डा. सिर्जन मल्लले युरोपियन युनियनको परियोजनाअन्तर्गत अहिलेसम्म धनगढीको अमरगढी नगरपालिका, बझाङको जयपृथ्वी नगरपालिका, कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकामा विपद् सम्बन्धी तालिम अभ्यास गराइसकेको बताउनु भयो । उहाँले विज्ञहरुले नेपालको पश्चिम क्षेत्रमा ठूलो भूकम्प जानसक्ने आँकलन गरिरहेकाले त्यसको पूर्व तयारीस्वरुप कार्यक्रमलाई अघि बढाएको पनि जानकारी दिनुभयो ।

उहाँले नेपालमा विपद् व्यवस्थापनमा पालिका स्तरमा सरकारी स्तरबाट क्षमता विकासमा ध्यान दिन जरुरी रहेको बताउनु भयो । उहाँले पालिका स्तरमा लगानी बढाउन जोड दिने र आम नागरिकहरुको क्षमता विकास गरी सम्भावित विपद्बाट बच्न सिकाउनुपर्ने आवश्यकता देखिएको बताउनु भयो ।

त्यस्तै धनगढी उपमहानगरपालिकाका सूचना अधिकृत इन्जिनियर अनुप भट्ट विपद् जोखिम न्युनिकरणका लागि प्रविधिमैत्री रुपमा अघि बढ्नका लागि उपमहानगरपालिकाले अध्ययन गरिरहेको बताउनु भयो । उहाँले विपद् व्यवस्थापनका लागि पहिलो महत्वपूर्ण कुरा भनेको सूचना भएकाले सूचनालाई सबैको पहुँचमा पु¥याउन आवश्यक रहेको बताउनु भयो । त्यस्तै संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीको सुपरपरियोजनामा धनगढी उपमहानगरपालिकाका नगरप्राविधिक अधिकृत विराज पोखरेलले केन्द्रिय स्तरमा राष्ट्र विपद् प्रतिकार्य कार्यढाचालाई प्रदेशस्तरमा पनि बनाउनुपर्छ भन्ने उद्देश्यले कार्यक्रम गरेको बताउनु भयो । उहाँले यस्ता कार्यक्रमले नागरिकको चेतनास्तरमा वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै सुदूरपश्चिम प्रदेशको सुपर प्रोजेक्ट कार्यक्रममा कार्यरत प्रदेश प्राविधिक अधिकारी प्रगति भट्टराईले सुपर प्रोजेक्टले सुदूरपश्चिम प्रदेशमा स्थानीयस्तरदेखि प्रदेश सरकारसँग मिलेर विभिन्न विपद् न्युनिकरणका कार्यक्रम गरिरहेको बताउनु भयो । उहाँले शहरी विपद् र भूकम्प प्रतिकार्यमा तीनै तहका सरकारसँग समन्वय गरेर काम गरिरहेको बताउनु भयो ।

उहाँले प्रदेश सरकार, जिल्ला र स्थानीय तहले विपद् न्युनिकरणका लागि बजेट छुट्याए पनि प्रभावकारी हुन नसकेको अवस्थालाई मध्यनजर गर्दै सुपर प्रोजेक्टले बजेट खर्च गर्ने र प्रभावकारी बनाउनका लागि पनि विभिन्न उपायहरुमा सहजीकरण गर्दै आएको बताउनु भयो । उहाँले सरकारहरुसँग नीनि नहुँदा छुट्याएको बजेट पनि विपद्जन्य कार्यका लागि प्रयोगमा आउन नसकेको गुनासो गर्नुभयो । उहाँले विपद्को लागि धेरै बजेट छुट्याउनको ठाउँमा पूर्वतयारीका लागि ध्यान दिने हो भने सम्भावित दुर्घटनाबाट जोगिने बताउनु भयो ।

प्रदेश प्राविधिक अधिकारी भट्टराईले विपद् जोखिम न्युनिकरणका लागि प्रदेश र स्थानीय सरकारले पनि पछिल्लो समय ध्यान दिने गरेको र प्रदेश सरकारबाट बोलाइएका बैठकमा उपस्थित जनाउने गरेको बताउनु भयो ।