२७ भाद्र २०८३, शनिबार
,
Latest
नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’ महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाङ्लो ग्रुपले चिनियाँ परिकार बनाउने रेष्टुरेण्ट सञ्चालनमा ल्यायो(भिडीयोसहित)



अ+ अ-

काठमाडौँ । नाङ्लो समूहले चिनियाँ परिकारसहितको रेष्टुरेण्ट सञ्चालनमा ल्याएको छ ।

नाङ्लो समूहले काठमाडौंको दरबारमार्गमा चिनियाँ परिकार उपलब्ध हुने द चाइनिज रेष्टुरेण्ट शुरु गरेको हो । सन् १९७६ मा स्थापना भएको नाङ्लो प्रा.लि. ले दरबारमार्गमा चाइनिज परिकार उपलब्ध हुने ५४ सिट क्षमताको रेष्टुरेण्ट आजबाट सञ्चालनमा ल्याएको बताएको छ ।

आईतवार पत्रकार सम्मेलनमा बोल्दै नाङ्लो प्रा.लि.का अध्यक्ष गोपालसुन्दरलाल कक्षपतीले सानो क्षमताको रेष्टुरेण्ट भएपनि यसले दिने सेवामा कुनै कम्परमाइज नहुने बताउनु भयो । उहाँले यसअघि पनि नाङ्लो प्रा.लि.ले ५ सय सिट क्षमताको रेष्टुरेण्ट सञ्चालन गरिसकेको भन्दै यो रेष्टुरेण्टमा चाइनिज परिकार र स्वेचन खाना पनि पाइने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नाङ्लो ग्रुपले पुनः द चाइनिज रेष्टुरेण्ट शुरु गर्दैछौँ । नाङ्लो प्रा.लि.१९७६ मा स्थापना गरेका हौँ । त्यो बेला सानो क्षमताको रेष्टुरेण्ट नै शुरु गरेका थियौँ । हामीले पछिल्ला दिनहरुमा ५ सय सिट क्षमताको रेष्टुरेण्टसम्म सञ्चालन ग¥यौं । यो रेष्टुरेण्टमा ५४ सिटको क्षमता छ । दरबारमार्गमा रहेको छ । इण्डो चाइनिज खाना यहाँ धेरै पाइन्छ । इण्डो चाइनिजसँगै स्वेचन खाना पनि हामी यहाँ उपलब्ध गराउनेछौँ ।’

रेष्टुरेण्ट बिहान ११ बजेबाट राति १० बजेसम्म सञ्चालन हुने र ग्राहकहरुले अर्डरको लागि बुक गर्नसक्ने जनाएको छ । अध्यक्ष कक्षपतीले धेरैको माग पुरानै स्वादमा परिकारहरु उपलब्ध गराउनुपर्ने आएकाले त्यही अनुसार रेष्टुरेण्ट सञ्चालनमा ल्याएको बताउनु भयो ।