२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तारुढ गठबन्धनको कार्यदलले बुझायो तीनवटा ‘डकुमेन्ट’



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवालाई सत्तारुढ गठबन्धनको गठित कार्यदलले तीनवटा दस्तावेज बुझाएको छ । शुक्रबार बिहान सात सदस्यीय कार्यदलले  प्रधानमन्त्री निवास बालुवाटार पुगेर तीनवटा दस्तावेज बुझाएको हो । 

कार्यदलका अध्यक्ष पूर्णबहादुर खड्का नेतृत्वको टोलीले प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष प्रचण्ड लगायतका शीर्ष नेताहरुलाई सरकार सञ्चालनसम्बन्धी कार्यविधि, न्यूनतम साझा कार्यक्रम र मन्त्रीहरुको आचार संहिताको मस्यौदा बुझाएको हो । कार्यदलले सरकारको साझा न्यूनतम कार्यक्रम, सरकार सञ्चालनसम्बन्धी कार्यविधि र मन्त्रीहरुको आचार संहिता बुझाएको हो ।

यी दस्तावेजहरूलाई अन्तिम रुप दिई शीर्ष नेताहरुले हस्ताक्षर गरेर सार्वजनिक गरिने बताइएको छ । सरकारको साझा न्यूनत्तम कार्यक्रम बनेसँगै अब मन्त्रिपरिषद विस्तार हुने नेताहरुले बताएका छन् ।