२० मंसिर २०८२, शनिबार
,
Latest
आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तान टी–२० विश्वकपको सेमिफाइनलमा



अ+ अ-

एजेन्सी । पाकिस्तान अष्ट्रेलियामा जारी टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

एडिलेटमा आइतबार भएको खेलमा बंगलादेशलाई ५ विकेटले हराउँदै पाकिस्तानले सेमिफाइनलमा स्थान बनाएको हो । बंगलादेशले दिएको १ सय २८ रनको लक्ष्य पाकिस्तानले १८ ओभर १ बलमा (११ बल बाँकी छँदै) ५ विकेट गुमाएर पूरा गर्यो ।

पाकिस्तानको जितमा मोहमद रिजवानले ३२ रन जोड्दा मोहमद हरिसले ३१ रन बनाए । यस्तै, कप्तान बाबर आजमले २५ तथा शान मासुद २४ रनमा अविजित रहे ।

बंगलादेशका शकिब अल हसन, मुस्ताफिजुर रहमान, एबाडोट होसेन र नसुम अहमेदले १–१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाएर १ सय २७ रन जोड्यो ।

बंगलादेशका लागि नाजमुल होसेन शान्टोले ५४ रनको अर्धशतकीय इनिङ खेले । यस्तै, आफिफ होसेन २४ रनमा अविजित रहँदा सौम्य सरकारले २० रन जोडे ।

पाकिस्तानका शाहिन अफ्रिदीले ४ विकेट लिए । यस्तै, शादब खानले २ तथा हरि राउफ र इफ्तिखार अहमदे एक–एक विकेट लिए ।

जितसँगै पाकिस्तानले समूह २ बाट शीर्षस्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको हो । बंगलादेश ४ अंक जोडेर बाहिरिएको छ । यस समूहबाट भारतले पनि सेमिफाइनलमा स्थान बनाएको छ भने दक्षिण अफ्रिका पनि बाहिरिएको छ ।