२० मंसिर २०८२, शनिबार
,
Latest
आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक
तपाईं के खोज्दै हुनुहुन्छ ?

आलिया–रणवीरलाई पुत्रीलाभ



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्टलाई पुत्रीलाभ भएको छ । एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा आलियाले छोरीलाई जन्म दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गत वैशाखमा विवाह बन्धनमा बाँधिएका आलिया र रणवीरलाई पहिलो सन्तानका रुपमा पुत्रीलाभ मिलेको हो ।

यसअघि नोभेम्बरको अन्त्यमा तथा डिसेम्बरको सुरुवातमा आलियाले बच्चालाई जन्म दिने खबर बाहिर आइसकेको थियो ।

आलिया आज (आइतबार) बिहानै डेलिभरीका लागि अस्पताल भर्ना भएकी थिइन् ।

एचएन रिलायन्स अस्पताल मुम्बईको गोरेगाउँ क्षेत्रमा छ । यो त्यही अस्पताल हो जहाँ रणवीरका बुबा ऋषि कपुर भर्ना भएका थिए र उनको यही अस्पतालमा निधन भएको थियो ।