९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आलिया–रणवीरलाई पुत्रीलाभ



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्टलाई पुत्रीलाभ भएको छ । एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा आलियाले छोरीलाई जन्म दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गत वैशाखमा विवाह बन्धनमा बाँधिएका आलिया र रणवीरलाई पहिलो सन्तानका रुपमा पुत्रीलाभ मिलेको हो ।

यसअघि नोभेम्बरको अन्त्यमा तथा डिसेम्बरको सुरुवातमा आलियाले बच्चालाई जन्म दिने खबर बाहिर आइसकेको थियो ।

आलिया आज (आइतबार) बिहानै डेलिभरीका लागि अस्पताल भर्ना भएकी थिइन् ।

एचएन रिलायन्स अस्पताल मुम्बईको गोरेगाउँ क्षेत्रमा छ । यो त्यही अस्पताल हो जहाँ रणवीरका बुबा ऋषि कपुर भर्ना भएका थिए र उनको यही अस्पतालमा निधन भएको थियो ।