• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo

डेलिभरीका लागि आलिया अस्पताल भर्ना



एजेन्सी । बलिउड अभिनेता रणवीर कपुर र आलिया भट्ट छिट्टै आमाबुवा बन्न लागेका छन् । मिडिया रिपोर्टका अनुसार आलियाले आज आफ्नो पहिलो सन्तानलाई जन्म दिनेछिन् र यसका लागि उनी एचएन रिलायन्स अस्पताल भर्ना भएकी छन् ।

यदि आलियाले आज आफ्नो सन्तानलाई जन्म दिइन् भने यो खबर उनका फ्यानका लागि अचम्मको भन्दा कम हुनेछैन, किनकि यसअघि नोभेम्बरको अन्त्यमा तथा डिसेम्बरको सुरुवातमा बच्चालाई जन्म दिने खबर बाहिर आइसकेको थियो ।

रणवीर र आलिया अस्पताल पुगेका धेरै तस्बिर र भिडियोहरू पनि सोशल मिडियामा बाहिर आएका छन् । केही दिनअघि उनको डेलिभरीको तयारी पनि सुरु भएको खबर आएको थियो ।

जबकि उनको एच.एन. रिलायन्स अस्पतालमा डेलिभरीका लागि नाम दर्ता गरिएको छ । यससँगै केही दिनअघि उनको नाममा कोठा पनि बुक गरिएको थियो ।

यो अस्पताल मुम्बईको गोरेगाउँ क्षेत्रमा छ । यो त्यही अस्पताल हो जहाँ रणवीरका बुबा ऋषि कपुर भर्ना भएका थिए र उनको यही अस्पतालमा निधन भएको थियो ।