९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेलिभरीका लागि आलिया अस्पताल भर्ना



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता रणवीर कपुर र आलिया भट्ट छिट्टै आमाबुवा बन्न लागेका छन् । मिडिया रिपोर्टका अनुसार आलियाले आज आफ्नो पहिलो सन्तानलाई जन्म दिनेछिन् र यसका लागि उनी एचएन रिलायन्स अस्पताल भर्ना भएकी छन् ।

यदि आलियाले आज आफ्नो सन्तानलाई जन्म दिइन् भने यो खबर उनका फ्यानका लागि अचम्मको भन्दा कम हुनेछैन, किनकि यसअघि नोभेम्बरको अन्त्यमा तथा डिसेम्बरको सुरुवातमा बच्चालाई जन्म दिने खबर बाहिर आइसकेको थियो ।

रणवीर र आलिया अस्पताल पुगेका धेरै तस्बिर र भिडियोहरू पनि सोशल मिडियामा बाहिर आएका छन् । केही दिनअघि उनको डेलिभरीको तयारी पनि सुरु भएको खबर आएको थियो ।

जबकि उनको एच.एन. रिलायन्स अस्पतालमा डेलिभरीका लागि नाम दर्ता गरिएको छ । यससँगै केही दिनअघि उनको नाममा कोठा पनि बुक गरिएको थियो ।

यो अस्पताल मुम्बईको गोरेगाउँ क्षेत्रमा छ । यो त्यही अस्पताल हो जहाँ रणवीरका बुबा ऋषि कपुर भर्ना भएका थिए र उनको यही अस्पतालमा निधन भएको थियो ।