२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलङ्काका क्रिकेटर दानुष्का गुणातिलके बलात्कार आरोपमा पक्राउ



अ+ अ-

एजेन्सी । श्रीलंकाका ब्याट्सम्यान दानुष्का गुणातिलके बलात्कारको आरोपमा पक्राउ परेका छन् । उनलाई टी–२० विश्वकपका क्रममा बलात्कारको आरोपमा शनिबार सिड्नीमा पक्राउ गरिएको हो ।

शनिबार भएको खेलमा इंग्ल्याण्डसँग पराजित हुँदै श्रीलंका फाइनलबाटै बाहिरिएको थियो । इंग्ल्यान्ड र श्रीलंका खेलपछि दानुष्का पक्राउ परेका थिए । दानुष्का हाल श्रीलंकाको टोलीमा परेका छैनन् ।

उनी छनोट चरणमा चोटका कारण टोलीबाट बाहिर भएका थिए । यद्यपि उनी टोलीसँग यात्रा गरिरहेका थिए । द अष्ट्रेलियनको रिपोर्ट अनुसार उनीमाथि चारवटा बलात्कारको आरोप लगाइएको छ ।

२९ वर्षीया महिलाले उनीमाथि बिना सहमति यौनसम्पर्क गरेको आरोप लगाएकी छन् । ती महिलाले गुणातिलकेलाई डेटिङ एपमार्फत भेटेको बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार बलात्कारको घटना यस हप्ताको सुरुमा सिड्नीको एक निवासमा भएको थियो । राति होटलबाट पक्राउ परेका उनलाई आज अदालतमा पेश गरिने छ ।

श्रीलंकाको टोलीको टी–२० विश्वकप यात्रा छनोटअन्तर्गत सुपर–१२ सम्म रह्यो । श्रीलंकाले समुह लिगमा ५ खेलमध्ये २ खेल जित्यो भने ३ खेलमा हार ब्यहोर्यो ।