२० भाद्र २०८३, शनिबार
,
Latest
ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

निगरानी बढाउँदै ट्राफिक प्रहरी



अ+ अ-

रसुवा । ट्राफिक नियमको पूर्णपालनाबाट सवारी दुर्घटना न्यूनीकरण गराउन यहाँ कार्यरत ट्राफिक प्रहरी सक्रिय रहेको छ । हिमाली क्षेत्रको कच्ची सडकमा चालक अनुमतिपत्र बिनाका व्यक्ति सवारीसाधन चलाउने कार्यमा सक्रिय हुन थालेपछि ट्राफिक प्रहरीले निगरानी बढाएको हो ।

पूर्णरूपको दक्षताबेगर सडकमा सवारी चलाउने व्यक्तिउपर ट्राफिक प्रहरीले बढाएको निगरानीबाट मानवीय संरक्षणमा मद्दत जनाइएको छ । चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म मोटरसाइकल चालक अनुमतिपत्र एवं बिलबुकसमेत नभेटिएका तीन सय २० जनालाई सचेत गराउँदै ट्राफिक प्रहरीले जरिवानासमेत गरेको हो ।

यस्तै रसुवागढी नाकामा दिनप्रतिदिन सवारीसाधनको चाप बढ्दै गएको र साना तथा ठूला अधिकांश साधनले समेत सवारीसाधनको प्रमाण नबोक्ने गरेको पाइएकाले त्यस्ता गैरजिम्मेवार सबैखाले सवारी चालकलाई जरिवाना गर्दै ट्राफिक नियमको जागरण गराउँदै आएको छ ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख उज्ज्वलकुमार घलेका अनुसार साउनदेखि असोजसम्म कारबाही पर्नेमा मोटरसाइकलका साथै चार सय ९५ ट्रक तथा टिपर, एक सय ५४ जिप/कार एवं ३१ वटा यात्रुवाहक बस रहेका छन् । ती सवारीधनीलाई गरिएको जरिवानाबाट रु १० लाख सात हजार जरिवाना गरिएको बताइएको छ ।

नियमको पूर्णपालना गराउँदै बेला–बेलामा हुने सवारी दुर्घटना न्यूनीकरण गराइ आम नागरिकको जिउज्यानको संरक्षणमा ट्राफिक प्रहरीले गरेको योगदान राम्रो रहेको नागरिक समाजले जनाएको छ ।