२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संयुक्त सरकारको साझा नीति तथा कार्यक्रमको मस्यौदा तयार, शीर्ष नेतालाई बुझाईयो (प्रतिबेदन सहित)



अ+ अ-

काठमाडौ । संयुक्त सरकारको साझा नीति तथा कार्यक्रम बनाउन गठन गरिएको कार्यदलले आफ्नो प्रतिबेदन बु्झाएको छ । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलले तयार पारेको प्रतिबेदनको मस्यौदा   प्रधानमन्त्री देउवा सहित शिर्ष नेताहरुलाई बुझाईएका हो ।

प्रतिबेदनमा स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमिताको छानविन गर्ने र दोषीलाई कानूनी कारबाही गर्ने ,शान्ति प्रक्रियाका बाँकी कामलाई यथासिघ्र सम्पन्न गर्न सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगको ऐन संशोधन गर्ने बिषयहरु समेटिएका छन् ।

यसै गरी राजनीतिक सहमतिका आधारमा संविधान संशोधन गर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने, मधेस आन्दोलनका बेला लगाइएको मुद्दाहरु पुनरावलोकन गरी अन्यायपूर्वक बन्दी बनाइएकाहरुलाई रिहा गर्ने  लगनयतका बिषय पनि समेटिएका छन् ।  शिर्षनेताहरुले प्रतिबेदन अध्यायन पछि यसलाई कार्यन्वयनमा लैजाने बताएका छन् ।

कार्यदलमा काग्रेस महामन्त्री खड्का सहित डा. मिनेन्द्र रिजाल, रमेश लेखक,  माओबादीकेन्द्रबाट देव गुरुङ र वर्षमान पुन, तथा जनता समाजबादी पार्टीबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र यादव सदस्य रहनु भएको थियो ।