२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar सरकारी सवारीसाधन दुरुपयोग गर्ने पक्राउ News Polar राजधानीमा नेपथ्य साँझ” कीर्तिपुरको मैदानबाट भाषा र भाका बचाउन आह्वान News Polar दशैँअघि नै सञ्चालनमा ल्याउने गरी आरुघाट पुलमा बेलिब्रिज जडानको काम सुरु News Polar सातै प्रदेशको सहभागितामा विपद् व्यवस्थापन कोष बनाउन मुख्यमन्त्री थापाको प्रस्ताव News Polar बुटवलमा चाडपर्वमा लक्षित नागरिक सहायता कक्ष सञ्चालन News Polar भोटेकोशी बाढीको पाठ : विपद् प्रतिकार्यमा पूर्वतयारी र समन्वयको महत्त्व News Polar मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी News Polar पूर्वाधार विकासमा लगानी बढाउन १ खर्ब अधिकृत पुँजीको कोष स्थापना गर्ने प्रस्ताव News Polar दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो News Polar इजरायलसँग उच्चस्तरीय भ्रमण अघि बढाउने र नेपाली श्रमिकको लागत घटाउने कर्णको प्रतिबद्धता News Polar आर्थिक र श्रम कूटनीतिलाई प्राथमिकता दिने सरु जोशीको प्रतिबद्धता News Polar दाताकेन्द्रित सोच त्यागेर राष्ट्रिय हितमा काम गर्न प्रस्तावित राजदूत जोशीलाई चौलागाईंको सुझाव News Polar जर्मनीका लागि प्रश्तावित राजदुत जोशीलाई सांसद पुनको प्रश्नः ‘विदेशमा रहेका नेपालीको मताधिकार र श्रम गन्तव्यको सुरक्षा कसरी हुन्छ ?’ News Polar जर्मनका लाकिग प्रश्तावित राजदुत जोशीसमक्ष एमाले सांसदहरूको प्रश्नः ‘श्रम शोषण र व्यापार घाटा न्युनिकरणको कार्ययोजना के छ ?’ News Polar जर्मनीसँग आर्थिक कूटनीति र श्रम सम्झौतालाई प्रभावकारी बनाउने सरु जोशीको प्रतिबद्धता News Polar सरकारका हरेक गतिविधि लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित हुनुपर्छः महासचिव पोखरेल News Polar प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ News Polar सुनचाँदीको मूल्य क्रमशः घट्दै News Polar स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना News Polar अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक जाँदै

संयुक्त सरकारको साझा नीति तथा कार्यक्रमको मस्यौदा तयार, शीर्ष नेतालाई बुझाईयो (प्रतिबेदन सहित)

संयुक्त सरकारको साझा नीति तथा कार्यक्रमको मस्यौदा तयार, शीर्ष नेतालाई बुझाईयो (प्रतिबेदन सहित)
अ अ+ अ-

काठमाडौ । संयुक्त सरकारको साझा नीति तथा कार्यक्रम बनाउन गठन गरिएको कार्यदलले आफ्नो प्रतिबेदन बु्झाएको छ । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलले तयार पारेको प्रतिबेदनको मस्यौदा   प्रधानमन्त्री देउवा सहित शिर्ष नेताहरुलाई बुझाईएका हो ।

प्रतिबेदनमा स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमिताको छानविन गर्ने र दोषीलाई कानूनी कारबाही गर्ने ,शान्ति प्रक्रियाका बाँकी कामलाई यथासिघ्र सम्पन्न गर्न सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगको ऐन संशोधन गर्ने बिषयहरु समेटिएका छन् ।

यसै गरी राजनीतिक सहमतिका आधारमा संविधान संशोधन गर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने, मधेस आन्दोलनका बेला लगाइएको मुद्दाहरु पुनरावलोकन गरी अन्यायपूर्वक बन्दी बनाइएकाहरुलाई रिहा गर्ने  लगनयतका बिषय पनि समेटिएका छन् ।  शिर्षनेताहरुले प्रतिबेदन अध्यायन पछि यसलाई कार्यन्वयनमा लैजाने बताएका छन् ।

कार्यदलमा काग्रेस महामन्त्री खड्का सहित डा. मिनेन्द्र रिजाल, रमेश लेखक,  माओबादीकेन्द्रबाट देव गुरुङ र वर्षमान पुन, तथा जनता समाजबादी पार्टीबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र यादव सदस्य रहनु भएको थियो ।