२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवाले आज पनि चुनावीसभालाई सम्बोधन गर्दै



file
अ+ अ-

डडेल्धुरा । गत चार दिनदेखि आफ्नो गृहजिल्ला एवं चुनाव क्षेत्रमा व्यस्त रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले आज थप दुई चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका देउवा गत बिहीबारदेखि गृहजिल्ला डडेल्धुरामा हुनुहुन्छ । उहाँले बिहीबार अमरगढी, शुक्रबार दुई वटा पालिका गन्यापधुरा र नवदुर्गा गाउँपालिकाका चुनावीसभा र शनिबार अजयमेरु गाउँपालिका भद्रपुर र भागेश्वर गाउँपालिकामा आयोजित सभालई सम्बोधन गरिसक्नुभएको छ ।

प्रधानमन्त्री देउवाले आज आलिताल गाउँपालिकाको गोदाम र दिउँसो २ बजे पर्शुराम नगरपालिकाको जोगबुडामा हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउँदले जानकारी दिनुभयो ।

सात वटा पालिकाका चुनावीसभा सकेर उहाँ आजै काठमाडौँ फर्कने कार्यक्रम रहेको डडेल्धुरा सभापति साउँदले जानकारी दिनुभयो । प्रधानमन्त्री देउवा सातै प्रदेशमा हुने आमसभाका लागि पुग्ने कार्यक्रम रहेको पनि उहाँका प्रमुख स्वकीय सचिव भानु देउवाले बताउनुभयो ।