२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुटानले दिएको तीन लाख डोज खोप काठमाडौँ आइपुग्यो



अ+ अ-

काठमाडौं । भुटानबाट कोभिड १९ विरुद्धको एस्ट्राजेनेकाको तीन लाख डोज खोप लिएर ड्रुक एयरको कार्गो विमान काठमाडौँ आइपुगेको छ । कार्गो विमान आज शुक्रबार विहान ९ः४० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुगेको हो । कार्गो विमान खोप बोकेर थिम्पुस्थित पारो विमानस्थलबाट उडेको थियो । 

स्वास्थ्य सेवा विभागका अनुसार भुटानबाट खोप भोली शनिबार आउने भनिएता पनि आज शुक्रबार नै भुटानले खोप पठाएको हो ।

विभागले जनाएअनुसार यो खोप कोभिशिल्डको पहिलो मात्रा लगाई दोस्रो मात्रा लगाउन नपाएका नागरिकलाई प्राथमिकताका साथ दिइनेछ ।