२८ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानसेनापति सिग्देल चीनको औपचारिक भ्रमणमा प्रस्थान अस्करका लागि नेपालबाट ‘तिनीहरू एलिफेन्ट्स इन द फग’ छनोट चोभारको पानी निकासका लागि वैकल्पिक सुरुङ बनाउन मदनकृष्ण श्रेष्ठको सुझाव आचार्यको टिप्पणी : ‘बिग्रिएको काठमाडौं सुधारिँदैछ, अब सम्पदा संरक्षणमा ध्यान दिऔँ भट्टराईको सुझाव : भारत–चीनको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ भदौ २७ सम्झिँदै गृहमन्त्री गुरुङले भने : ‘देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु’ जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुटानले दिएको तीन लाख डोज खोप काठमाडौँ आइपुग्यो



अ+ अ-

काठमाडौं । भुटानबाट कोभिड १९ विरुद्धको एस्ट्राजेनेकाको तीन लाख डोज खोप लिएर ड्रुक एयरको कार्गो विमान काठमाडौँ आइपुगेको छ । कार्गो विमान आज शुक्रबार विहान ९ः४० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुगेको हो । कार्गो विमान खोप बोकेर थिम्पुस्थित पारो विमानस्थलबाट उडेको थियो । 

स्वास्थ्य सेवा विभागका अनुसार भुटानबाट खोप भोली शनिबार आउने भनिएता पनि आज शुक्रबार नै भुटानले खोप पठाएको हो ।

विभागले जनाएअनुसार यो खोप कोभिशिल्डको पहिलो मात्रा लगाई दोस्रो मात्रा लगाउन नपाएका नागरिकलाई प्राथमिकताका साथ दिइनेछ ।