२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar सरकारी सवारीसाधन दुरुपयोग गर्ने पक्राउ News Polar राजधानीमा नेपथ्य साँझ” कीर्तिपुरको मैदानबाट भाषा र भाका बचाउन आह्वान News Polar दशैँअघि नै सञ्चालनमा ल्याउने गरी आरुघाट पुलमा बेलिब्रिज जडानको काम सुरु News Polar सातै प्रदेशको सहभागितामा विपद् व्यवस्थापन कोष बनाउन मुख्यमन्त्री थापाको प्रस्ताव News Polar बुटवलमा चाडपर्वमा लक्षित नागरिक सहायता कक्ष सञ्चालन News Polar भोटेकोशी बाढीको पाठ : विपद् प्रतिकार्यमा पूर्वतयारी र समन्वयको महत्त्व News Polar मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी News Polar पूर्वाधार विकासमा लगानी बढाउन १ खर्ब अधिकृत पुँजीको कोष स्थापना गर्ने प्रस्ताव News Polar दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो News Polar इजरायलसँग उच्चस्तरीय भ्रमण अघि बढाउने र नेपाली श्रमिकको लागत घटाउने कर्णको प्रतिबद्धता News Polar आर्थिक र श्रम कूटनीतिलाई प्राथमिकता दिने सरु जोशीको प्रतिबद्धता News Polar दाताकेन्द्रित सोच त्यागेर राष्ट्रिय हितमा काम गर्न प्रस्तावित राजदूत जोशीलाई चौलागाईंको सुझाव News Polar जर्मनीका लागि प्रश्तावित राजदुत जोशीलाई सांसद पुनको प्रश्नः ‘विदेशमा रहेका नेपालीको मताधिकार र श्रम गन्तव्यको सुरक्षा कसरी हुन्छ ?’ News Polar जर्मनका लाकिग प्रश्तावित राजदुत जोशीसमक्ष एमाले सांसदहरूको प्रश्नः ‘श्रम शोषण र व्यापार घाटा न्युनिकरणको कार्ययोजना के छ ?’ News Polar जर्मनीसँग आर्थिक कूटनीति र श्रम सम्झौतालाई प्रभावकारी बनाउने सरु जोशीको प्रतिबद्धता News Polar सरकारका हरेक गतिविधि लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित हुनुपर्छः महासचिव पोखरेल News Polar प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ News Polar सुनचाँदीको मूल्य क्रमशः घट्दै News Polar स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना News Polar अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक जाँदै

एन्फा अध्यक्षको ध्यान शक्ति केन्द्र रिझाउने मात्र

एन्फा अध्यक्षको ध्यान शक्ति केन्द्र रिझाउने मात्र
अ अ+ अ-

नेपाली फुटबलको विवाद अहिले चरम अवस्थामा पुगेको छ । कर्मा छिरिङ शेर्पाको नेतृत्व कालको तीन वर्ष सर्वाधिक विवादित समय बनेको छ । अध्यक्ष निर्वाचित भए पछि नै विधानमा मानार्थ अध्यक्षको पद सृजना गर्दै टासी घलेलाई यसमा मनोनयन गराएका थिए । केही समय पछि घलेले पद त्यागे । तीनै घले पछिल्लो समय एन्फामा फेरी भित्रिए । एउटै व्यक्ति मनोनयन, राजीनामा र फेरी आगमन यसले धेरैलाई आश्चर्यमा पारेको छ । 

कुनै समय उनका आलोचक मानिएका रमेश रायमाझी सङ्घमा मनोनीत भए । एन्फा निकट श्रोत भन्छ, कर्माको कार्यकाल कुनै सृजनात्मक काम गर्ने भन्दा बढी शक्ति केन्द्र रिझाउन मै केन्द्रित  बन्यो । नेपाली काँग्रेसका कायकर्ता रिझाउनका लागि उनले रमेशलाई कार्य समितिमा भित्र्याएका थिए । यसै गरी, व्यापारिक पृष्ठभूमिका टासी घलेलाई पनि शक्ति केन्द्रकै इसारामा सङ्घमा फेरी भित्र्याएको एन्फा निकट श्रोत बताउँछ । 

यो क्रम त्यत्तिमा पनि रोकिएको थिएन, भक्तपुर जिल्ला सङ्घमा पनि त्यहाँका स्थानीय राजनीतिक कार्यकर्ता खुसी बनाउनका लागि कर्माले हस्तक्षेप गरेका थिए । ललितपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष पुरुषोत्तम थापाले फेसबुकको ग्रुप म्यासेजका अध्यक्षको कार्यकाल र कार्यशैलीमा असन्तोष जनाएका कारण कारबाहीको प्रक्रिया अघि बढाएको थियो । 

एन्फा निकट श्रोतका अनुसार नेपाली राष्ट्रिय टोलीका कुनै समयका स्टार विमल घर्तीको ओरालो लाग्दो जीवनको मुख्य कारण नै कर्मा छिरिङको नेतृत्व रहेको जनाइन्छ । घर्ती मदिरा सेवनका कारण अनुशासनको कारबाहीमा परेका थिए । जुन कारबाहीले उनले साग खेल र लिग गुमाए । उनले महत्त्वपूर्ण प्रतियोगिता गुमाए पछि कहिल्यै फर्कन सकेनन् । तर, एन्फा निकट श्रोतका अनुसार विमल अनुशासनहीनको त्यो उचाइमा पुग्नु अगावै सुधार्नका लागि कारबाहीको माग गरिएको थियो । 

धेरै पहिले देखि विमलको गतिविधि खराब थियो । उनलाई समयमै कारबाहीको दायरामा ल्याए सुध्रने र फेरी खेलमा  फर्कने मत धेरैको थियो । यसका बाबजुद कर्माले तत्कालका लागि विमलको लोकप्रियता मात्र हेरे । यसको एक वर्षको अन्तरालमा विमल सम्हाली नै नसक्ने अवस्थामा पुगेका थिए । धेरैको निष्कर्ष छ, एक वर्ष अघि उनलाई खराब बाटोबाट रोक्नका लागि  उठाइएको आवाज सुनिएको भए एउटा स्टार खेलाडीको अहिलेको खराब लय देखिँदैन थियो । 

एन्फा अध्यक्ष कर्मा छिरिङ एक वर्ष अघि जातीय फड्काऊ गर्ने आशयको अभिव्यक्तिको कारण पनि चर्चामा रहे । मधेसीहरू राष्ट्रियताको सवालमा कमजोर हुने आशयको अभिव्यक्ति सार्वजनिक गरे पछि उनी विवादमा परेका थिए  । कास्की फुटबलमा भक्तपुर र ललितपुरको झैँ नै विवाद भएको थियो । यस विवादमा जोडिएका थिए , हालका प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ । तीनै राजीव गुरुङ मन्त्री बने पछि शेर्पाले उनीसँग सम्बन्ध सुधार गर्न विशेष महल नै गरेका थिए । यत्ति मात्र होइन,  नेपालले खेलेको विश्वकप र एसिया कप छनोटको खेलमा अनावश्यक रूपमा राखेप सदस्य सचिव रमेश सिलवाललाई पनि उनले लिएर गएका थिए । 

फुटबल सङ्घ अर्को विवादमा पनि तानिएको छ । गत वैशाखमा काठमाडौँमा भएको फ्रेन्चाइज फुटबलमा राष्ट्रिय टोलीका प्रशिक्षक बाल गोपाल महर्जनलाई टिमका लागि सिफारिस गरियो । कत्तिसम्म भने त्यो एनएसएलको दौरान राष्ट्रिय लिग विजेता टोली मच्छिन्द्रका प्रवेश कटुवाललाई पूर्ण रूपमा बे वास्ता गरियो । नाम बताउने सर्तमा एक प्रशिक्षक भन्छन्, “ नेपालमा अब फुटबल प्रशिक्षणका लागि कुनै जिम्मेवारी पाउन बाल गोपाल महर्जन, हरि खड्का र उपेन्द्र मान सिहको निगाहा नै पाउनु पर्छ । ”

यस पछि प्रशिक्षक अल्मुताइरीको प्रकरण सुरु भएको थियो । अल्मुताइरीले कुवेतमा हाल गएको टोली भन्दा पहिलाका सबै टोलीका खेलाडी घुम्नका लागि जाने गरेको अभिव्यक्ति पछि उनलाई कारबाही गर्न दबाब परेको थियो । यत्ति मात्र होइन, एन्फा अध्यक्ष कर्मा छिरिङको नेतृत्वमा रहे मात्र आफू नेपाली टोली हेर्ने आशयका अभिव्यक्ति पनि दिए । अहिले अल्मुताइरीले माफी मागेका छन् ।  एन्फाका उप महासचिव वसन्त अर्याल र प्रवक्ता किरण राईले राजीनामा दिएका छन् । भित्री कारण कारण खुलेको छैन । 

यो काण्डै काण्डको समयमा एन्फाको पुरानो सामाजिक प्रभाव भने घटेको छ । नेपालको घरेलु लिगको पुरस्कार राशि बढ्न सकेको छैन । सबैभन्दा अचम्म त सङ्घमा कुनै राजनीतिक कार्यकर्ताको सिफारिसमा व्यक्ति नियुक्ति हुनुले फुटबल सङ्घको साख गिरेको छ । कुनै समय तत्कालीन युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलका नजिकका पात्र तथा हाल रमेश सिलवालसँग निकट सम्बन्ध रहेका मानवीर हजारा लगायतको उपस्थितिलाई धेरैले अर्थपूर्ण रूपमा हेरेका छन् । 

यस बिचमा कर्मचारीको भन्दा पदाधिकारीको तलब वृद्धि एन्फा भित्रको अर्को विवादास्पद विषय बनेको छ । यो काण्डै काण्डको बिचमा कर्मा छिरिङ फेरी शक्ति केन्द्र व्यवस्थापनमा तल्लीन छन् ।  गण्डकीका मन्त्रीसँगको भेटघाट र राखेप सदस्य सचिव सिलवाललाई विदेश सयर गराउने उनको रणनीतिक अन्तरगतकै काम थियो ।