२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्तरीमा पोखरीमा डुबेर वृद्धको मृत्यु



अ+ अ-

सप्तरी । जिल्लाको कञ्चनरुप नगरपालिका–९ मा पोखरीमा डुबेर एक वृद्धले ज्यान गुमाएका छन् । 

मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–१२ का ६० वर्षीय बिरजु सरदार रहेका छन् ।

छोरी–ज्वाइँको घर आएको बेला स्थानीय सन्तोष यादवको माछापोखरीमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

लुगा र चप्पल फुकाली पोखरीको पानीमा हाम फाल्दा डुबेर उनको मृत्यु भएको बताइएको छ । 

उनी के कारण पोखरीमा हाम फाले भन्ने विषयमा खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।