२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोविन्द केसीद्वारा सत्याग्रह घोषणा, स्वास्थ्य राज्यमन्त्रीलाई पदमुक्त गर्न माग



अ+ अ-

काठमाडौं । चिकित्सा क्षेत्रको सुधारका लागि संघर्षरत डा. गोविन्द केसीले सरकार समक्ष विभिन्न पाँच बुँदे मागहरु अघि सार्दै माग पूरा नभए आगामी भदौ ३ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन् ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्नुपर्ने उनको पहिलो माग छ । स्वार्थको द्वन्द्व उत्पन्न हुने गरी राज्य मन्त्री नियुक्त गरिएको भन्दै उनले तत्काल पदमुक्त गर्नुपर्ने उल्लेख गरेका छन् । 

यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शीर्ष चार पदाधिकारीलाई पदमुक्त गर्नुपर्ने माग पनि उनले अघि सारेका छन् ।