२८ भाद्र २०८३, आईतवार
,
Latest
जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने… भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति ट्रक दुर्घटनामा चालकको मृत्यु मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोविन्द केसीद्वारा सत्याग्रह घोषणा, स्वास्थ्य राज्यमन्त्रीलाई पदमुक्त गर्न माग



अ+ अ-

काठमाडौं । चिकित्सा क्षेत्रको सुधारका लागि संघर्षरत डा. गोविन्द केसीले सरकार समक्ष विभिन्न पाँच बुँदे मागहरु अघि सार्दै माग पूरा नभए आगामी भदौ ३ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन् ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्नुपर्ने उनको पहिलो माग छ । स्वार्थको द्वन्द्व उत्पन्न हुने गरी राज्य मन्त्री नियुक्त गरिएको भन्दै उनले तत्काल पदमुक्त गर्नुपर्ने उल्लेख गरेका छन् । 

यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शीर्ष चार पदाधिकारीलाई पदमुक्त गर्नुपर्ने माग पनि उनले अघि सारेका छन् ।