९ फाल्गुन २०८१, शुक्रबार
February 21, 2025 Friday

12.27°C

काठमाडौं

12.27°C

Kathmandu

Feels-like: 11.41

Wind: 1.54

Humidity: 71

Latest
सम्पत्ति शुद्धीकरण निवारणमा चुक्दा नेपाल एफएटिएफको ‘ग्रे लिष्ट’ मा च्याम्पियन्स ट्रफीः अफ्रिकाद्वारा अफगानिस्तान १०७ रनले पराजित तत्काल कुनै पार्टीसँग एकता हुन्न : एकीकृत समाजवादी जनताको चाहना सुशासन र समृद्धि एसपिए कैलाली प्रिमियर लिग–३ : गोदावरी र पुर्नवास ‘बी’ सेमिफाइनलमा प्रवेश ‘राष्ट्रिय गौरवको आयोजना नभएको प्रदेश कर्णाली’ आवश्यकता अनुसार शिक्षा नीति परिवर्तन हुन सकेन- अर्जुननरसिंह केसी पैदलयात्रीलाई ठक्कर दिएर फरार चालक पक्राउ कामपाका सामुदायिक विद्यालयमा उत्पादन भएका फोहर बेचेर आम्दानी कांग्रेस सम्पूर्ण जातजातिलाई एकापसमा जोड्ने पार्टी होः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धन सरकारसँग देश बनाउने कुनै पनि किसिमको मिसन र भिजन छैनः ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारसँग देश बनाउने कुनै पनि किसिमको मिसन र भिजन नभएको दावी गर्नु भएको छ ।

अध्यक्ष ओलीले स्वार्थहरुको गठजोठबाट बनेको वर्तमान सरकारसँग देश बनाउने कुनै पनि किसिमको मिसन, भिजन र गन्तव्य नभएको भन्दै आगामी निर्वाचनपछि यस्तो सरकार बन्न दिन नहुने बताउनु भयो ।

प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको शनिबार काठमाडौंमा उद्घाटन गर्दै उहाँले देशलाई बर्बादी हुन नदिन पनि आगामी निर्वाचनमा नेपाली जनताले सरकारको विकल्प खोज्नुपर्ने बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नु भयो, ‘अव हाम्रो देशमा संघीय र प्रादेशिक निर्वाचन हुँदैछ । एउटा खास परिस्थितिमा हामी आज यस ठाउँमा उभिएका छौं । आज कार्तिक १९ गते भईसक्यो । केही दिन भित्र मंसीर ४ गते हामी राष्ट्रको भाग्य, भविष्य फैसला गर्ने आम निर्वाचन र प्रादेशिक निर्वाचन एकैदिन एकै चोटी गर्दैछौं । यस निर्वाचनमा आगामी दिनमा देश कता जाने हो ? कस्तो हुने हो, ? देशले यस्तो स्वार्थहरुको जोडजामबाट बनेको सरकार, यस्तै असंवैधानिक ढंगले सरकार हेरफेर हुने र बन्ने, जनताको अभिमत होइन् स्वार्थहरुको चलखेल र अरु प्रकारका सेटिङ्स भन्छन नि ।

अरु प्रकारका सेटिङ हुने, यसबाट गन्तव्य नभएको, भिजन नभएको, मिसन नभएको, डेष्टिनेशन कुनै नभएको, त्यो डेष्टिनेशन भएपछि त्यहाँ पुग्ने बाटो चाहिएन, भिजननै चाहिएन । त्यस्तो दिशाहिन अन्यौल त्यस्तो सरकार बनाएर देशलाई बर्बाद पार्ने कि एउटा सुदृढ, भिजनसहितको, मिसनसहितको, एमसहितको, गोलसहितको, डेष्टिनेशन यो हो भनेर तोकिएको र शब्द जाल होइन् ।

ठोस गन्तव्यमा पुग्ने, त्यो गन्तव्यमा पुग्ने मार्गचित्र, त्यसका निम्तिका नीतिहरु, कार्यक्रमसहितको, हाम्रा छिमेक सम्बन्ध, हाम्रा अन्तराष्ट्रिय सम्बन्ध राष्ट्रिय हितलाई केन्द्र भागमा र सर्वोपरी राखेर न्याय र अन्तराष्ट्रिय उत्तरदायित्वलाई समेत ध्यानमा राखेर सार्वभौम समानताका आधारमा छिमेक सम्बन्ध र अन्तराष्ट्रिय सम्बन्ध अंगीकार गर्ने गरी हामी अहिले संविधान ल्याएपछिको दोस्रो निर्वाचनमा छौं । ’