२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भौतिक विकास निर्माणसँगै शिक्षा र स्वरोजगारलाई प्राथमिकता दिनुपर्छः रायमाझी



अ+ अ-

अर्घाखाँची । नेकपा (एमाले) केन्द्रीय सचिव एवम् प्रतिनिधिसभाका उम्मेदवार टोपबहादुर रायमाझीले जिल्लामा भौतिक विकास निर्माणसँगै शिक्षा र स्वरोजगारलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा प्रतिष्पर्धीको रुपमा चुनावी मैदानमा रहेका उनले जनताको घरदैलो कार्यक्रमका क्रममा सो कुरा बताएका हुन् ।

गत निर्वाचनमा विजयी उनले जिल्लामा भौतिक विकासको मात्रै आवश्यकता नभई शिक्षा,सचेतना र स्वरोजगारको पनि महत्व र आवश्यकता रहेको हुँदा आगामी निर्वाचनपछि सडक,भौतिक पूर्वाधारसँगै शिक्षा,स्वास्थ्य,स्वरोजगारलाई विशेष प्राथमिकता दिइएने बताए ।

रायमाझीले भने ‘मुख्यतया अर्घाखाँची पहाडी क्षेत्र भएको हुनाले सडक पूर्वाधारलाई बढी प्राथमिकता दिइयो । तर,शिक्षा,स्वास्थ्य,स्वरोजगारका क्षेत्रहरुको विकासका लागि पनि सोहीअनुसारका संरचना विकासको आवश्यकता महसुस गरेको छु । आगामी निर्वाचनपछि जिल्लाको चौतर्फी विकासमा केन्द्रित हुने छु ।’

उनले मुलुकमा समृद्धिको खाका कोर्ने र त्यसलाई पूरा गर्ने योजना र सामथ्र्य नेकपा एमालेसँग मात्रै रहेको दावी गर्दै आफू लगाएत एमालेका उम्मेद्वारलाई मत दिन आग्रह समेत गरे ।

उनले अगाडी भने ‘ म यहाँहरु माझ निरन्तर आएको छु र, आउने छु । त्यसका लागि म लगाएत एमालेका साथीहरुलाई मत दिनुहोला । मुलुक संकटमा छ यो संकट हटाउँदै समृद्धि ल्याउने योजना रसामथ्र्य एमालेसँग मात्रै छ । वर्तमान सरकारको नेतृत्व त देख्नु भएकै छ ।’