२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar सरकारी सवारीसाधन दुरुपयोग गर्ने पक्राउ News Polar राजधानीमा नेपथ्य साँझ” कीर्तिपुरको मैदानबाट भाषा र भाका बचाउन आह्वान News Polar दशैँअघि नै सञ्चालनमा ल्याउने गरी आरुघाट पुलमा बेलिब्रिज जडानको काम सुरु News Polar सातै प्रदेशको सहभागितामा विपद् व्यवस्थापन कोष बनाउन मुख्यमन्त्री थापाको प्रस्ताव News Polar बुटवलमा चाडपर्वमा लक्षित नागरिक सहायता कक्ष सञ्चालन News Polar भोटेकोशी बाढीको पाठ : विपद् प्रतिकार्यमा पूर्वतयारी र समन्वयको महत्त्व News Polar मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी News Polar पूर्वाधार विकासमा लगानी बढाउन १ खर्ब अधिकृत पुँजीको कोष स्थापना गर्ने प्रस्ताव News Polar दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो News Polar इजरायलसँग उच्चस्तरीय भ्रमण अघि बढाउने र नेपाली श्रमिकको लागत घटाउने कर्णको प्रतिबद्धता News Polar आर्थिक र श्रम कूटनीतिलाई प्राथमिकता दिने सरु जोशीको प्रतिबद्धता News Polar दाताकेन्द्रित सोच त्यागेर राष्ट्रिय हितमा काम गर्न प्रस्तावित राजदूत जोशीलाई चौलागाईंको सुझाव News Polar जर्मनीका लागि प्रश्तावित राजदुत जोशीलाई सांसद पुनको प्रश्नः ‘विदेशमा रहेका नेपालीको मताधिकार र श्रम गन्तव्यको सुरक्षा कसरी हुन्छ ?’ News Polar जर्मनका लाकिग प्रश्तावित राजदुत जोशीसमक्ष एमाले सांसदहरूको प्रश्नः ‘श्रम शोषण र व्यापार घाटा न्युनिकरणको कार्ययोजना के छ ?’ News Polar जर्मनीसँग आर्थिक कूटनीति र श्रम सम्झौतालाई प्रभावकारी बनाउने सरु जोशीको प्रतिबद्धता News Polar सरकारका हरेक गतिविधि लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित हुनुपर्छः महासचिव पोखरेल News Polar प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ News Polar सुनचाँदीको मूल्य क्रमशः घट्दै News Polar स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना News Polar अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक जाँदै

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलद्वारा जिपी कोइराला अस्पताल निरीक्षण

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलद्वारा जिपी कोइराला अस्पताल निरीक्षण
अ अ+ अ-

दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको आज निरीक्षण गर्नुभएको छ । पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना गरिएको उक्त अस्पतालको आज मुख्यमन्त्री पोखरेलले निरीक्षण गर्नुभएको हो । 

सो क्रममा मुख्यमन्त्री पोखरेलले अस्पतालले प्रवाह गर्दै आएको सेवाका बारेमा जानकारी लिनुभएको छ । अस्पताल सङ्घीय सरकार मातहत रहे पनि गण्डकी प्रदेश सरकारका तर्फबाट आवश्यक पूर्वाधार निर्माणमा सहयोग गर्ने मुख्यमन्त्री पोखरेलले प्रतिबद्धता व्यक्त गर्नुभयो । 

निरीक्षणका क्रममा प्रदेशसभा सदस्य डोबाटे विक, सरिता गुरुङ, संविधानसभा सदस्य रामचन्द्र पोखरेल, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, नगर प्रमुख किसान गुरुङ, प्रमुख जिल्ला अधिकारी सागर आचार्यलगायत सहभागी हुनुहुन्थ्यो । 

सो क्रममा मुख्यमन्त्री पोखरेललाई अस्पतालका सञ्चालक एवं चिकित्सकले अस्पतालले प्रवाह गर्दै आएको सेवाका बारेमा जानकारी गराउनुभएको थियो । दक्षिण एशियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रका रुपमा स्थापना गर्न सरकारले केही वर्षअघि पूर्वप्रधानमन्त्री स्व कोइरालाका नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोहीअनुसार सो  नगरपालिकाको बेलचौतारामा ७४० रोपनी जग्गा उपचार केन्द्रको नाममा प्रदान भइसकेको छ ।

अस्पतालमा तीन विशेषज्ञ चिकित्सक र नौ मेडिकल अधिकृत कार्यरत छन् । अस्पतालले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नसारोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन सेवा प्रदान भइरहेको छ । त्यसबाहेक अस्पतालले केही दिन अगाडिबाट मात्र कल्चर सेवा पनि शुरु गरेको छ । अस्पतालले १० देखि ४ बजेसम्म ओपिडी सेवा, चौबिसैँ घण्टा इमर्जेन्सी सेवा, ल्याव, भिडियो एक्सरे सेवा, माइनर अप्रेशन लगायत सेवा दिइरहेको छ । 

अस्पतालले कोरोना सङ्क्रमितको पनि उपचार गरिरहेको छ । कोरोना सङ्क्रमितको उपचारका लागि दशवटै स्थानीय तहको लागत साझेदारीमा आइसोलेसन केन्द्र निर्माण गरिएको छ । आइसोलेसन केन्द्रमा अक्सिजनसहितको व्यवस्था मिलाइएको छ ।