२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कीर्तिमानी रकममा ग्रिलिस म्यानचेस्टर सिटीमा अनुबन्धित



अ+ अ-

एजेन्सी । इङ्लिस क्लब म्यानचेस्टर सिटीले मिडफिल्डर ज्याक ग्रिलिसलाई क्लबमा भित्र्याएको छ । 

सिटीले १० करोड पाउन्ड खर्चिएर ग्रिलिसलाई एस्टन भिल्लाबाट क्लबमा अनुबन्ध गरेको हो ।  खेलाडी किन्दा बेलायती क्लबले खर्चिएको यो अहिलेसम्मकै ठूलो रकम रहेको छ । 

२५ वर्षीय ग्रिलिसले सिटीसँग ६ वर्षको सम्झौता गरेका छन् । उनलाई सिटीमा १० नम्बरको जर्सीमा देखिनेछ । उरुग्वेका स्टार सर्जियो अग्वुइरोले क्लब छाडेपछि सो जर्सी रिक्त थियो । 

म्यानचेस्टर युनाइटेडले सन् २०१६ मा पाउल पोग्बालाई क्लबमा भित्र्याउने क्रममा ८ करोड ९० लाख पाउन्ड खर्चिएको थियो । यो रेकर्डलाई सिटीले ब्रेक गरेको हो । 

पेप गार्डीओलाको प्रशिक्षणमा रहेको सिटीबाट शनिबार हुने कम्युनिटी शिल्डअन्तर्गत लेस्टर सिटीविरुद्धको खेलमा उनलाई डेब्यु गरेको देख्न सकिनेछ ।  इङल्यान्डको बर्मिङह्याममा जन्मिएका ग्रेयलिसले एस्टन भिल्लाको युवा एकेडेमीबाट आफ्नो करियर सुरु गरेका थिए । उनले एस्टन भिल्लाका लागि १ सय ८५ खेल खेल्दै २९ गोल गरेका छन् ।