१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कीर्तिमानी रकममा ग्रिलिस म्यानचेस्टर सिटीमा अनुबन्धित



अ+ अ-

एजेन्सी । इङ्लिस क्लब म्यानचेस्टर सिटीले मिडफिल्डर ज्याक ग्रिलिसलाई क्लबमा भित्र्याएको छ । 

सिटीले १० करोड पाउन्ड खर्चिएर ग्रिलिसलाई एस्टन भिल्लाबाट क्लबमा अनुबन्ध गरेको हो ।  खेलाडी किन्दा बेलायती क्लबले खर्चिएको यो अहिलेसम्मकै ठूलो रकम रहेको छ । 

२५ वर्षीय ग्रिलिसले सिटीसँग ६ वर्षको सम्झौता गरेका छन् । उनलाई सिटीमा १० नम्बरको जर्सीमा देखिनेछ । उरुग्वेका स्टार सर्जियो अग्वुइरोले क्लब छाडेपछि सो जर्सी रिक्त थियो । 

म्यानचेस्टर युनाइटेडले सन् २०१६ मा पाउल पोग्बालाई क्लबमा भित्र्याउने क्रममा ८ करोड ९० लाख पाउन्ड खर्चिएको थियो । यो रेकर्डलाई सिटीले ब्रेक गरेको हो । 

पेप गार्डीओलाको प्रशिक्षणमा रहेको सिटीबाट शनिबार हुने कम्युनिटी शिल्डअन्तर्गत लेस्टर सिटीविरुद्धको खेलमा उनलाई डेब्यु गरेको देख्न सकिनेछ ।  इङल्यान्डको बर्मिङह्याममा जन्मिएका ग्रेयलिसले एस्टन भिल्लाको युवा एकेडेमीबाट आफ्नो करियर सुरु गरेका थिए । उनले एस्टन भिल्लाका लागि १ सय ८५ खेल खेल्दै २९ गोल गरेका छन् ।