२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोभिशिल्डको दोस्रो डोज लगाउन बाँकी जेष्ठ नागरिकलाई २५ साउनदेखि खोप दिइने



अ+ अ-

काठमाडौं । कोरोना भाइरसविरुद्धको कोभिशिल्ड खोपको दोस्रो डोज लगाउन बाँकी ६५ वर्ष माथिका जेष्ठ नागरिकहरुले साउन २५ गतेबाट खोप लगाउन पाउने भएका छन् । 

भुटानले शुक्रबार बिहान ३ लाख डोज खोप पठाइसकेको र जापानले १६ लाख डोज खोप पठाउने सुनिश्चित भएपछि दोस्रो डोज लगाउन बाँकी रहेका करिब १३ लाख ३८ हजार जेष्ठ नागरिकलाई साउन २५ गतेदेखि दोस्रो डोज एस्ट्रेजेनकाको खोप लगाउन लागिएको हो । 

साउन २५ गतेदेखि कोभिशिल्ड खोपको दोस्रो डोजको पर्खाइमा रहेका बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई खोप दिइने भएको हो ।