• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo

समग्र देशको विकासका लागि एमालेले जित्न आवश्यकः ओली



file

बैतडी । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ४ गते एमाले नेतृत्वको सरकार गठन हुने दाबी गरेका छन् । पाटनमा शुक्रबार आयोजना गरिएको चुनावी सभामा उनले आफ्नो नेतृत्वको पार्टीले सरकार गठन गरेमा विकास निर्माणले तीव्रता पाउने र सबै जनाताले सुख पाउने जिकीर गरे ।

अध्यक्ष ओलीले भने, “जे गर्छ एमालेले गर्छ, एमाले विकास र समृद्धि गर्न सक्ने पार्टी हो । समग्र देशको विकासका लागि एमालेले जित्न आवश्यक रहेको छ ।” सुदूरपश्चिमलाई विकासको पाटोमा अगाडि बढाइने बताउँदै उनले भारतीय सीमानाका झुलाघाटमा पक्की पुल बनाउने आश्वासन दिए ।

देश विकासका लागि एमाले चाहिने दाबी गर्दै ओलीले यहाँका फस्फोराइट खानीलगायत खनिज पदार्थको उत्खन्न, महाकाली करिडोरको काम एमाले सरकारले अगाडि बढाएको बताए । उनले भने, “जनताको सबै ग्यारेन्टी एमालेले गर्छ, नेपालको विकास नेपालीले गर्ने र राष्ट्र र राष्ट्रियताका लागि लड्ने पार्टी पनि एमाले हो ।”