• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

कन्याममा ‘स्काई वाक’ का लागि टावर



काठमाडौै । प्रदेश नं १ को पर्यटकीय नगरी इलामको सूर्योदय नगरपालिका–७ कन्याममा ‘स्काई वाक’का लागि टावर निर्माण गरिएको छ । नयाँ साहसिक पर्यटकीय खेल एवं गन्तव्यको विकास भइरहेको समयमा नेपालमा पहिलोपटक स्काई वाक सुरु भएको बताइएको छ । डेढ वर्षमा निर्माण सकेर कात्तिक १८ गतेदेखि पर्यटकका लागि स्काई टावर खुला गरिएको छ ।

उक्त टावरको आज नगरप्रमुख रणबहादुर राईले उद्घाटन गर्नुभयो । १२ जना महिलाको चार करोड लगानीमा बनेको टावर उद्घाटन गर्दै नगरप्रमुख राईले पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्रसँग नगरपालिकाले सहकार्य गर्दै जाने बताउनुभएको छ । स्काई टावर तीन स्टेपमा बनेको छ ।

दुईवटा स्टेप चढेर माथि पुगेपछि त्यहाँ पारदर्शी सिसा जडान गरिएको छ । सिसामा उभिँदा आकाशमै उभिएजस्तो महसुस हुने साइट म्यानेजर अर्जुन चौधरीले जानकारी दिनुभएको छ । टावरबाट पूर्वी नेपालका १६ जिल्ला, कन्याम वरिपरि चिया बगान, हिमाल, रमणीय डाँडाकाँडा, कञ्चनजङ्घा हिमालदेखि दार्जिलिङ सिलिगुढीसम्मका रमाइला दृश्य, सूर्योदय र सूर्यास्त दुवै देख्न सकिनेछ । टावरसँगै स्काई रेस्टुरेन्ट पनि सञ्चालन हुनेछ । दोस्रो चरणमा ‘स्विङ’ पनि तयार हुने रोकायले बताउनुभयो ।

स्काई वाक गर्ने पर्यटकले रु पाँच सयको टिकट लिनुपर्ने छ । साथै भिडियो खिच्ने, ड्रोनबाट फोटो, भिडियो खिच्ने, सांस्कृतिक पहिरन लगाएर पनि फोटो खिच्न पाइनेछ । टावरमा एकपटक २२ जनासम्म चढ्न सक्ने क्षमता भए पनि आठजनासम्म चढाइनेछ । स्काई वाक गर्ने पर्यटकको सुरक्षाका लागि स्विच कभर, चढेका व्यक्तिको सङ्ख्या रेकर्ड राखिने र सुरक्षा गार्ड पनि हुनेछन् । वन्डर्स नेपालको प्राविधिक सहयोगमा बनेको स्काई वाक टावरको परिकल्पना पनि वन्डर्स नेपालले नै गरेको परियोजनाका प्रबन्ध निर्देशक सञ्जीव रोकायाले जानकारी दिनुभयो । विशेषगरी स्थानीय महिलालाई रोजगारी उपलब्ध गराउने र पर्यटन क्षेत्रमा नयाँ प्रयोग गर्ने उद्देश्यले यो परियोजना विकास गरिएको हो ।

सेफ स्टिल प्रालि, जाल्पादेवी इन्फ्राटेक, वाइटह्याट कन्स्ट्रक्सन र डिजाइन रिपलले स्काई टावर बनाउनका लागि प्राविधिक सहयोग गरेको हो । स्काई वाक टावरको सञ्चालन पनि महिलाले नै गर्नेछन् र त्यहाँ अधिकांश कर्मचारी महिला नै राखिने गरी तालिम दिइसकिएको जनाइएको छ । उद्घाटन कार्यक्रममा गायिका एलिना चौहान र नायिका वर्षा राउतले साङ्गीतिक प्रस्तुति राख्नुभएको थियो ।रासस