२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादी धनगढी नगरअध्यक्ष एमालेमा प्रवेश



अ+ अ-

धनगढी । नेकपा (एकीकृत समाजवादी) धनगढी उपमहानगर कमिटी अध्यक्ष मदन रेग्मी नेकपा (एमाले) मा प्रवेश गरेका छन् । एमाले सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टको निवास अत्तरियामा शुक्रबार बिहान आयोजित कार्यक्रममा नेता रेग्मीसहित कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई टीका र खादा लगाएर पार्टी प्रवेश गराउनुभएको हो । एमाले पार्टी प्रवेश गर्नेमा एकीकृत समाजवादी निकट युवा संघ नेपालका स्थायी कमिटी सदस्य राजेन्द्र बम, पार्टी जिल्ला सचिवालय सदस्य भक्तराज जोशी, अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य रमेश धामी, धनगढी उपमहानगर कमिटी सदस्य चक्र कुँवर, अखिल नेपाल महिला संघकी नगर कमिटी सचिव पवित्रा बोहरा पनि रहेका छन् ।

त्यस्ते नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला कमिटी सदस्य खुस्बु राना, नेपाली कांग्रेसका क्रियाशील सदस्य तथा गोदावरी नगर कमिटी सदस्य बाली साउद पनि एमाले प्रवेश गरेको एमालेले जनाएको छ ।