३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डविरुद्ध गोरखाबाट उठेका ‘शताब्दी पुरुष’ पोखरेलको मियालाई समर्थन



अ+ अ-

गोरखा । गोरखा-२  विपी कांग्रेसबाट उम्मेदवारी दिएका ‘शताब्दी पुरुष’ टिकादत्त पोखरेलले एमालेका अब्दुस मियालाई समर्थन गर्ने भएका छन् । सय वर्ष प्रवेशको जन्मदिनको दिन पोखरेलले मियालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको घोषणा गरेका हुन् ।

करीव ८० वर्ष संलग्न रहेको पार्टी नेपाली कांग्रेसले माओवादी अध्यक्ष प्रचण्डलाई समर्थन गरेपछि पोखरेलले विपी कांग्रेसबाट उम्मेदवारी दिएका थिए ।उनले आफू धेरै हिडडुल गर्न नसक्ने भएकाले कांग्रेस जोगाउँनमात्र दिएको उम्मेदवारी मियाका लागि निष्क्रिय बनाएको बताए ।

पोखरेलले कात्तिक १५ गते आफ्नो सयौं वर्ष प्रवेशको जन्मदिन मनाए । सोहि दिन उनले प्रचण्डविरुद्ध एमालेले खडा गरेका पनाति उमेरका अब्दुस मियालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको घोषणा गरे ।

चुनाव जित्न अरु ठाउँमा गाह्रो पर्ने देखेर गोरखामा चुनाव लड्न आएका प्रचण्डलाई हराउनुपर्ने पोखरेलको भनाइ छ । उनले भने, ‘प्रचण्डलाई जसरी हुन्छ, हराउनुपर्छ । कहाँ हो कहाँको व्यक्ति आएर चुनाव लडेर यहाँको विकास कसरी हुन्छ ? चुनाव लड्न कहीँ सकिँदैन भनेर यहाँ आएका हुन् । भेडा बाख्रा पशु सोचेर जित्छु भनेर आएका छन्, हामी भेंडाले नंग्याएर पठाउन सक्नुपर्छ ।’

मियाँले गोरखाको विकासका लागि पोखरेलसँग सहकार्य गर्न तयार रहेको बताए ।