२८ भाद्र २०८३, आईतवार
,
Latest
सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने… भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति ट्रक दुर्घटनामा चालकको मृत्यु मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

संरक्षित वन्यजन्तु जरायोको सिङ र सालको खपटा सहित १ जना पक्राउ



प्रतीकात्मक तस्बिर
अ+ अ-

काठमाडौं । नागार्जुन नगरपालिका-३ रातमाटेबाट संरक्षित वन्यजन्तु जरायोको सिङ जस्तो देखिने २ थान आखेटोपहार र ३६ पीस सालकको खपटा सहित सोही नगरपालिका९३ बस्ने ४५ वर्षीया माइली पुतुवारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

संरक्षित वन्यजन्तु अवैध रुपमा ओसारपसार गरी बेचबिखन गर्न लुकाई राखेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंज र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जबाट समेत खटिएको टोलीले अवैध रुपमा ओसारपसार गरी बेचबिखन गर्न लुकाई राखेको अवस्थामा उक्त सिङ र खपटा सहित फेला पारी उनलाई पक्राउ गरेको हो । 

उनलाई आवश्यक कारवाहीका लागि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको कार्यालय पानीमुहान काठमाडौं बुझाईएको उक्त व्यूरोले जनाएको छ ।